कांग्रेसका महामन्त्री थापालाई डेंगी संक्रमण
काठमाडाैं | भदौ ३१, २०७९
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण भएको छ।
बिहीबार थापालाई उच्च ज्वरो आएको थियो।
थापाको सचिवालयले दिएको जानकारीअनुसार थापालाई डेंगी भएको छ।
‘ज्वरो आएको छ, उहाँ घरमै आराम गरिरहनुभएको छ,’ सचिवालयका एक सदस्यले भने।
शुक्रबार भने ज्वरो केही कम भएको छ।
ज्वरो आउने र टाउको दुख्ने समस्यापछि थापाले ज्ञानेश्वरस्थित सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा परीक्षण गराएका थिए।
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । गण्डकी प्रदे...
प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...
दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

