नदीपुरमा टिप्परले स्कुटरलाई ठक्कर दिएपछी...
पाेखरा | असोज ४, २०७९
पोखरा : पोखरा महानगरपालिका ३ नदीपुर स्थित फुलबारी पार्क अगाडी सवारी दुर्घटना भएको छ ।
बेलुका करिब सवाँ सात बजे ग १ ख ८५२२ नम्बरको टिप्परले पार्किङमा रहेको ग १० प ६६८२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
उक्त टिप्पर अनियन्त्रित हुँदा स्कुटरलाई ठक्कर दिएको घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीले बताए ।
उनका अनुसार टिप्परको ठक्करबाट स्कुटर पूर्णरुपमा क्षति भएको छ । दुर्घटनाबारे थप अनुसन्धान गर्न टिप्पर चालकलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

