अनुभव, काम र उपलब्धीको सांगोपांगो चर्चा ‘महानगरका पाँच वर्ष’
काठमाडाैं | बैशाख २४, २०७९
ग्राफिकः प्रदिप कुमाल
पाेखराः पोखरा महानगरमा भएका काम, मेयरलगायत पदाधिकारीको अनुभव र उपलब्धीलाई पुस्तकाकारमा सार्वजनिक गरिएको छ ।
यो पाँच वर्षमा पोखरा महानगरपालिकाले गरेका नीतिगत निर्णय, पूर्वाधार निर्माण लगायत विविधि विषयलाई समेटेर तयार पारिएको पोखरा महानगरका पाँच वर्ष पुस्तक विमोचन गरिएको छ । पोखरा महानगर प्रमुख मानबहादुर जिसीले उक्त पुस्तक विमोचन गरेका हुन् ।
पुस्तक विमोचन गर्दै महानगर प्रमुख जिसीले यो पुस्तकले अब नयाँ आउने नेतृत्वलाई महानगर बारे योजना बनाउन सघाउने उल्लेख गरे । पोखरा बारे चासो राख्ने, अध्ययन, अनुसन्धान गर्न चाहनेहरुका लागि यो पुस्तक महत्वपूर्ण अभिलेख भएको भनाइ जिसीको छ ।
महानगरको यो कार्यकाल संघियता कार्यान्वयन, संस्थागत विकास र एकीकृत भावनाको थालनीको कार्यकाल भएको जिसीले बताए । नागरिकले आफूलाई सार्वभौम भएको अनुभूति गर्नेगरी संघियता कार्यान्वयनको पहिलो चरणमा काम गर्न पाउँदा गौरव लागेको जिसीको भनाइ छ । यो अवधिमा संघियता कार्यान्वयन र समृद्धिको जग बसेकाले अब आउने नेतृत्वलाई काम गर्न सहज हुने विश्वास जिसीको छ ।
कार्यक्रममा पुस्तक लेखन तथा सम्पादनको नेतृत्व गर्नुभएका राजनीतिक विश्लेषक झलक सुवेदीले पोखराको भौगोलिक र राजनीतिक अवस्थासहित यो पाँच वर्षमा भएका महत्वपूर्ण उपलब्धि र विविध विषयलाई पुस्तकमा समेट्ने प्रयास गरिएको बताए । पोखरा बारे नीति, निर्माण गर्न तथा दीर्घकालीन योजना बनाउन पुस्तकले मार्ग निर्देश गर्ने भनाइ सुवेदीको छ ।
संघियता कार्यान्वयनको यो पाँच वर्षमा महानगरले लय समातेकाले आगामी आउने नेतृत्वलाई काम गर्न सहज हुने सुवेदीले बताए । तथ्यांक वा कुनै पनि विषयको जानकारी, सूचनालाई अभिलेखीकरण गर्न स्थानीय तहले प्राथमिकता राखेर काम गर्नुपर्ने उनको सुझाव छ ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले पुस्तक प्रकाशन महत्वपूर्ण कार्य भएको बताए । पुस्तकले पोखराको समग्र पाटोलाई समेटेकाले यो ऐतिहासिक दस्तावेज भएको उनको भनाइ छ । पुस्तकमा पोखरा महानगरको परिचय, महानगरको संगठनात्मक संरचना, निर्वाचित जनप्रतिनिधिको परिकल्पना, प्राप्ती र भविश्य, यो पाँच वर्षमा भएका मुख्य उपलब्धि, महिला र दलित महिला सदस्यका अनुभूति, विविध गतिविधि र कार्यहरु, विभिन्न क्षेत्रका व्यक्तित्वहरुले पोखरा बारेमा दिएका विचारका साथै यो पाँच वर्षमा ३३ वटै वडामा भएका कामहहरुलाई समेटिएको पोखरा महानगर प्रमुख जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।
पुस्तक विमोचन कार्यक्रममा पोखरा महानगरपालिका प्रवक्ता धनबहादुर नेपाली, सचेतक रामराज लामिछने, पोखरा महानगरपालिकाका सूचना अधिकारी भरतराज पौडेल लगायतले पुस्तक प्रकाशन एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका थिए ।
काठमाडौं: पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति...
पोखरा: तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ। उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...
पोखरा । दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रका...

