प्रदेश खेलकुद परिषद गण्डकीद्वारा सल्लाहकारलाई मनोनयन पत्र
कास्की | असोज १४, २०७९
पोखरा ।
प्रदेश खेलकुद परिषद गण्डकी द्वारा हालै नवनियुक्त सल्लाहाकारहरुलाई मनोनयन पत्र हस्तान्तरण गरेको छ ।
परिषदले पोखरा रंगशालास्थित आफ्नै सभाकक्षमा आयोजित एक कार्यक्रममा नवनियुक्त सल्लाहाकारहरुलाई मनोनयन पत्र प्रदान गरेको हो । प्रदेश खेलकुद विकास नियमावली २०७८ को नियम ३(ज) बमोजिम उनीहरुलाई गत भदौ ८ गते यूवा तथा खेलकुद मन्त्री तथा परिषदका अध्यक्ष समेत रहेका राजिव गुरुङको अध्यक्षतमा सम्पन्न वोर्ड बैठकले उनीहरुलाई मनोनयन गरेको थियो ।
परिषदको सल्लाहकारमा मनोनयन हुनेहरुमा खड्ग बहादुर रानाभाट (स्याङजा), गणेश बहादुर भट्टराई (कास्की), दिनेश श्रेष्ठ (कास्की), देवेन्द्र शेरचन (कास्की), इन्द्र बहादुर गुरुङ (गोरखा), सम्पन्न श्रेष्ठ (बागलुङ), महेश गुरुङ (कास्की), सुनिल गुरुङ (कास्की) र ओम बस्नेत (कास्की) रहेका छन् ।
प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले नवनियुक्त सल्लाहाकार हरुलाई मनोनयन पत्र प्रदान गरेका थिए । सो अवसरमा उनले नवनियुक्त सल्लाहाकारहरुको मनोनयनले प्रदेशको खेलकुद विकासमा थप सहयोग पुग्ने बताए ।
कार्यक्रममा आफ्ना भनाई राख्दै नवनियुक्त सल्लाहाकार एवम अग्रज खेलाडी रानाभाटले आफूहरुले खेल जिवनमा सिकेको ज्ञानलाई प्रदेशको खेलकुद विकासका संगै खेलाडी र खेलकुदको हितमा अघि बढाउने बताए । उनले असोज २८ बाट सुरु हुने नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न आग्रह गर्दै गण्डकी प्रदेशका ३९ वर्ष पछि हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन पहिलो प्राथमिकता हुनु पर्ने कुरा औंल्याए ।
यसै गरी अर्का सल्लाहाकार दिनेश श्रेष्ठले उत्कृष्ट नेतृत्वका कारणले गठन भएको छोटो अवधिमा नै प्रदेश खेलकुदले गति लिएको बताउँदै उनले प्रदेश खेलकुद विकासका लागि आफूहरुलाई प्राप्त भूमिकालाई अझै प्रभावकारी रुपमा निभाउने उल्लेख गरे ।
सो अवसरमा अर्का सल्लाहाकार सुनिल गुरुङले आफूले जहिले पनि खेलकुदमा राम्रो कामको प्रशंसा र गलत कामको विरोध गर्र्दै आएको बताउँदै उनले खेलाडीको हितमा कार्य गर्नुपर्ने विषयमा जोड दिए । यसै गरी सल्लाहाकार ओम बस्नेतले सल्लाहाकार जस्तो गहन जिम्मेवारी प्रदान गरेकोमा प्रदेश खेलकुद प्रति आभार व्यक्त गर्दै नवौं राष्ट्रिय खेलकुद सफल बनाउन सवैको सहयोगको आवश्यक्ता रहेको बताए ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उनले नवनियुक्त सल्लाहाकारहरुलाई बधाई दिंदै प्रदेशको खेलकुद विकासका लागि सकारात्मक सुझावको अपेक्षा रहेको बताए । सो अवसरमा उनले नवौं राष्ट्रिय खेलकुदको तयारी र बन्द प्रशिक्षण, खेलस्थहरुको अवस्थालगायतको विषयमा जानकारी गराएका थिए ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

