रहेनन् मर्दी पदमार्ग चिनाउने गौतम

कास्की | असोज १५, २०७९

रहेनन् मर्दी पदमार्ग चिनाउने गौतम

कास्की ।

मर्दी पदमार्ग चिनाउने माछापुच्छ्रे गाउँपालिका ९ का युवा पर्यटन व्यवसायी सुदीप गौतमको निधन भएको छ । हाइक्याम्प नजिकै शुक्रबार पानी जोड्न गएको समयमा लडेर ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको वडा ८ का वडाध्यक्ष राम गुरुङले जानकारी दिए ।

‘अहिले प्रहरीको टोलीले शबलाई तल ल्याइसकेको छ, उनले भने, ‘पानीको पाइप जोड्न जादा लडेर ज्यान गएको भनिएको छ ।’

 

वडाध्यक्ष गुरुङका अनुसार हिजो (शुक्रबार) बेलुकीपख गौतम मृत भेटिएका थिए । मृतक गौतमले हाइक्याम्पमा होटल ट्रेकर इन र सिदिङमा ट्रेकर प्याराडाइज सञ्चालन गर्दै आएका थिए । 

 

उनी नेपाल पर्वतारोहण संघ गण्डकीका संस्थापक सचिव समेत हुन् भने उनी नेपाल ट्रेकिङ एजेन्सिज अफ नेपाल  (टान) मा समेत आवद्ध दिए । 

 

उक्त घटनाबारे आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्