पोखरामा गठबन्धनको ‘वर्षे तालिका’, जीतेको भोलिपल्टदेखि काम सुरु

काठमाडाैं | बैशाख २७, २०७९

पोखरामा गठबन्धनको ‘वर्षे तालिका’, जीतेको भोलिपल्टदेखि काम सुरु

पोखराः पोखरा महानगरपालिकाबाट साझा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेपाली कांग्रेसकी कोपिला रानाभाटले निर्वाचित भएदेखि एकवर्ष भित्र गर्ने कामको कार्ययोजना प्रस्तुत गरेका छन् ।

 

उनीहरुले पदवहालीको दिनमा नै महानगरमा सेवाग्राहीलाई अत्यावश्यक सिफारिस निःशुल्क गर्ने कार्यक्रम तय गरेका छन् । एक महिना भित्र हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । ३ महिना भित्र घुम्ती अस्पताल सञ्चालन गर्ने, जेष्ठ नागरि भत्ता घरदैलोमा उपलब्ध गराउने, महानगरको केन्द्रदेखि विभिन्न गाउँसम्म पुग्नका लागि साझा बस सेवा सञ्चालन गर्ने कार्यक्रम बनाएका छन् ।

 

यस्तै महानगरीय करको दायरा फराकिलो बनाउने कार्यविधि निर्माण, कोठा कोठा चाहार्न नपर्ने एकद्धार नीति तत्काल लागू गर्ने, अनुसन्धानमा आधारित भएर आवश्यकता अनुसारको विकास परियोजना प्राथमिकता निर्धारण गर्ने, प्राथमिकता तोकेर परिचयपत्र वितरण गर्ने ३ महिनामा गरिसक्ने कार्यक्रम गठबन्धनले बनाएको छ ।

त्यस्तै ६ महिनाभित्र आमा समुहहरुलाई ‘एक समुह एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने, परियोजना धितोमा युवा व्यावसायीका लागि १० लाख सम्मको स्टार्ट अपका रुपमा ऋण लगानी गर्ने, अति विपन्नलाई निशुल्क स्वास्थ्य विमा, कृषि उत्पादनमा समर्थन मुल्य कायम गरी महानगरले  न्यूनतम मुल्यमा खरिद गर्ने व्यवस्था गर्ने, पाटी, पौवा, ढुंगेधारा, चौतारी लगायत सम्पदाको संरक्षण गर्न विषेश प्याकेज ल्याउने कार्यक्रम बनाएका छन् ।

 

गठबन्धनले जितको खण्डमा महानगरमा कार्यरत विदेशी नागरिकहरुलाई वर्कपरमिटको व्यवस्था गरी करको दायरामा ल्याउने, विजनेश ईन्क् युवेशन ल्याव खोल्ने, वेस्ट बैंक मार्फत फोहर खरिद प्रणाली सुरु गर्ने, मेट्रिक ठेगना प्रणाली लागू गर्ने, स्कूल टू वर्क कार्यक्रम सञ्चालन, एक घर एक बगैंचा कार्यक्रम, जेष्ठ नागरिक स्याहार केन्द्र स्थापना, पोखराका प्रसिद्ध तालबाट रारा लगायत प्रमुख तालहरुमा इन्टरलेक एअर कनेक्सन गर्ने जस्ता कार्यक्रम निर्वाचित भएको ६ महिनाभित्र गरिसक्ने गठबन्धनका मेयर उपमेयरले प्रतिवद्धता जनाएका छन् ।

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्