राखेप सदस्य सचिव घिसिङले गरे गण्डकीका पत्रकारको प्रशंसा

पाेखरा | कात्तिक ३, २०७९

राखेप सदस्य सचिव घिसिङले गरे गण्डकीका पत्रकारको प्रशंसा

पोखरा : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले गण्डकीका खेल पत्रकारको प्रशंसा गरेका छन् ।

 

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिन पोखरा रंगशालामा रहेको मिडिया सेन्टरमा पत्रकारसँग भेट गरी गरेको कामको प्रशंसा व्यक्त गर्दै धन्यवाद दिएका हुन् ।

 

उनले भने–‘नवौं राष्ट्रिय प्रतियोगिता मेरो लागि पहिलो थियो । मेरो नयाँ अनुभवसँगै गण्डकीका पत्रकारहरूले प्रतियोगितालाई सफल बनाउन जुन भूमिका खेल्नु भएको छ त्यो प्रशंसनिय छ ।’

 

नवौ राष्ट्रिय खेलकुद आफ्ना लागि पहिलो तर यस्ता ठुल्ठूला राष्ट्रिय खेलकुद तथा अन्तर्राष्ट्रिय खेलकुदहरू नेपाली खेलकुद पत्रकारहरूले गरेको कार्य आफूले सधैँ देख्दै र धेरै पटक व्यहोर्दै सम्हाल्दै आएको उल्लेख गर्दै भने–‘ गण्डकी प्रदेशका खेलकुद पत्रकारहरूबाट सन्देश अरू सबै प्रदेशका र केन्द्रका खेलकुद पत्रकारहरूले पनि लिएर जानु हुनेछ भन्ने मैले विश्वास लिएको छु । र उहाँहरूलाई त्यो लिएर जानुहोस् पनि भनेको छु ।’

 

नवौं राष्ट्रिय खेलकुदमा गण्डकीका पत्रकारहरूले जोश र जाँगरका साथ व्यवस्थित रूपमा कार्य गरेको देख्दा आफू पनि उत्साहित भएको बताउँदै भने–‘अहिले सबै राष्ट्रिय मिडियाका खेलकुद पत्रकारहरूको भनाइ के छ भने– गण्डकी प्रदेशमा कार्यरत खेलकुद पत्रकारहरूले नवौं राष्ट्रिय खेलकुदमा निकै उत्कृष्ट, निकै व्यवस्थित खालको मिडियाको कामलाई तुल्याएको छ भन्ने उहाँहरू सबैको प्रतिक्रिया छ । यो प्रतिक्रियाप्रति म निकै आभारी छु, त्यसका लागि खुसी व्यक्त गर्न चाहन्छु र गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

काठमाडौं:  आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जितका लागि १३२ रनको लक्ष्य पाएको छ। ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ...

थप पढ्नुहोस्

काठमाडौं:  संघीय राजधानी काठमाडौँलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लालाई जोड्ने बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ ।    असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगै...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै असोज २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय...

थप पढ्नुहोस्