आतिजबाजीको खर्च देखाउनुपर्ने मागसहित अख्तियारमा निवेदन

पाेखरा | कात्तिक ४, २०७९

आतिजबाजीको खर्च देखाउनुपर्ने मागसहित अख्तियारमा निवेदन

पोखरा  : नागरिक समाज कास्कीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आतिजबाजी गरेर लाखौं रकम हिनाबिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा निवेदन दिएको छ । 

 

 

पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको विभिन्न विधाका घाइते खेलाडीहरुलाई न्यून्नतम स्वास्थ्य उपचार सुविधासमेत उपलब्ध नगराइएको र उद्घाटन र समापन समारोहमा लाखौं रकमको आतिजबाजी गरेर लाखौं रकम हिनामिना गरेको भन्दै समाजका प्रवक्ता गोकुलप्रसाद कार्कीद्वारा हस्ताक्षरित निवेदन बुझाएको हो ।

 

निवेदनमा भनिएको  छ, ‘खेलकुदमा सहभागी खेलाडीहरुको जीवन विमा, आकस्मिक दुर्घटना विमा, स्वास्थ्य उपचार, समयसापेक्ष आवास, खानाखाजा तथा यातायात खर्च सुविधा सम्बन्धमा र प्याराग्लाइडिङ खेल संचालनका लागि नागरिक उड्यन प्राधिकरणसँग स्विकृति नलिएको सम्बन्धमा छानबिन गर्न नागरिक समाज कास्की माग गर्दछौं ।’

 

साथै प्रचलित कानूनको कुन बुँदालाई आधार मानेर आतिजवाजी गरिएको र वास्तविक खर्च र खेल आयोजना पूर्व खेलकुद पूर्वाधार निर्माण तथा खेलमैदान स्त्तरोन्नतीको नाममा भएको खर्च विवरणको सम्बन्धमा छानबिन गर्नसमेत नागरिक समाज कास्कीले माग गरेको छ ।
 

काठमाडौं:   सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै असोज २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय...

थप पढ्नुहोस्

काभ्रेपलाञ्चोक:   गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ । हाल राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले आशन्न निर्वाचनलगायत विषयमा आज विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठ...

थप पढ्नुहोस्