आतिजबाजीको खर्च देखाउनुपर्ने मागसहित अख्तियारमा निवेदन
पाेखरा | कात्तिक ४, २०७९
पोखरा : नागरिक समाज कास्कीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आतिजबाजी गरेर लाखौं रकम हिनाबिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा निवेदन दिएको छ ।

पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको विभिन्न विधाका घाइते खेलाडीहरुलाई न्यून्नतम स्वास्थ्य उपचार सुविधासमेत उपलब्ध नगराइएको र उद्घाटन र समापन समारोहमा लाखौं रकमको आतिजबाजी गरेर लाखौं रकम हिनामिना गरेको भन्दै समाजका प्रवक्ता गोकुलप्रसाद कार्कीद्वारा हस्ताक्षरित निवेदन बुझाएको हो ।
निवेदनमा भनिएको छ, ‘खेलकुदमा सहभागी खेलाडीहरुको जीवन विमा, आकस्मिक दुर्घटना विमा, स्वास्थ्य उपचार, समयसापेक्ष आवास, खानाखाजा तथा यातायात खर्च सुविधा सम्बन्धमा र प्याराग्लाइडिङ खेल संचालनका लागि नागरिक उड्यन प्राधिकरणसँग स्विकृति नलिएको सम्बन्धमा छानबिन गर्न नागरिक समाज कास्की माग गर्दछौं ।’
साथै प्रचलित कानूनको कुन बुँदालाई आधार मानेर आतिजवाजी गरिएको र वास्तविक खर्च र खेल आयोजना पूर्व खेलकुद पूर्वाधार निर्माण तथा खेलमैदान स्त्तरोन्नतीको नाममा भएको खर्च विवरणको सम्बन्धमा छानबिन गर्नसमेत नागरिक समाज कास्कीले माग गरेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

