पोखरामा २३ जुवाडे ५ लाखसहित प्रकाउ

पाेखरा | कात्तिक १४, २०७९

पोखरामा २३ जुवाडे ५ लाखसहित प्रकाउ

पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा कौडा ( जुवा ) खेलिरहेका २३ जनालाई प्रकाउ गरेको छ । 

 

पोखरा महानगरपालिका ३० शिसुवास्थित यमुना पराजुलीको घरमा कौडा ( जुवा ) खेलिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले २३ जनालाई नगद ५ लाख ३१ हजार ९ सय ५० रुपैयाँसहित प्रकाउ गरेको हो । 

 

प्रकाउ पर्नेमा पोखरा महानगरपालिका ३० शिसुवा बस्ने २३ वर्षीय बिनित सुवेदी, ३० वर्षीय भिष्म लामिछाने, ६५ वर्षीय गोकर्ण कुमार श्रेष्ठ, ५३ वर्षीय मणि खनाल, ३६ वर्षीय निभान देवान, ४३ वर्षीय राजेन्द्र अर्याल, ३० वर्षीय विवश बास्तोला रहेको कास्की प्रहरीले जनाएको छ । 

 

त्यस्तै ३८ वर्षीय राजेन्द्र अधिकारी, ५० वर्षीय धुर्व तिवारी, ५० वर्षीय जनक थापा, ४८ वर्षीय नवराज भट्ट, ५३ वर्षीय शेखर पौडेल, ३६वर्षीय तिर्थ पौडेल, ३१ वर्षीय अमित गौतम, ३५ वर्षीय रेमश गुरुङ, ५० वर्षीय भुवन शर्मा, ३० वर्षीय प्रदिप चापागाई, २६वर्षीय अमृत श्रेष्ठ, ४९ वर्षी सुरज भट्राई, ४३ वर्षीय नारायण तिवारी, ४३ वर्षीय पुर्णबहादुर घले, पोखरा महानगर ३१ बस्ने ३५ वर्षीय विश्वज्योति सुवेदी र पोखरा महानगर ३२ बस्ने ४० वर्षीय  सागर श्रेष्ठ रहेका छन् । 

 

प्रकाउ परेका २३ जुवाडेलाई सार्वजनिक हित स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको असुर अन्र्तगत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्धा शिर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।    नेपाल फोटो पत्र...

थप पढ्नुहोस्

बैतडीमा जन्ती बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतक सबै १३ जनाको सनाखत पनि भएको छ ।   पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा...

थप पढ्नुहोस्