९६ थान एम्पुल लागूऔषधसहित पोखरामा हेमन्त प्रकाउ
पाेखरा | कात्तिक २४, २०७९
पोखराः ईलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले लागूऔषधसहित एक युवालाई प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका ३० का ३५ वर्षीय हेमन्त थापामगरलाई ९६थान एम्पुल लागूऔषधसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीको टोलिले पोखरा २६ अघौंचोक स्थित पृथ्वीराजमार्ग सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा मगरको साथबाट डाईजाम ३२ एम्पुल, फेनेरागन ३२ एम्पुल र नुर्फिन ३२ एम्पुल गरी ९६ थान एम्पुल लागूऔषध , १ थान मोबाईल र १२ हजार रुपैयासहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।
लागूऔषधसहित प्रकाउ परेका मगरलाई लागूऔषध मुद्धामा जिल्ला अदालत कास्कीबाट १६दिनको म्याद गरी अनुसन्धान अगाडी बढाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

