धनगढी मेयरमा स्वतन्त्रको जीत, उपमेयरमा एमालेकी राना विजयी
काठमाडाैं | जेठ ८, २०७९
कैलाली- सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले निर्वाचित हुनुभएको छ । हमाल १२ हजार बढी मतले निर्वाचित हुनुभएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवार हमालले २६ हजार ८६५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रमुखमा नेकपा (एमाले)का रणबहादुर चन्दले नौ हजार ११५ मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार कन्दकला राना निर्वाचित हुनुभएको छ । उहाँले १५ हजार ४७९ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शान्ति अधिकारीले १२ हजार ६७० मत प्राप्त गर्नुभएको छ ।
उप्रमुखका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले छ हजार ६०९ मत प्राप्त गर्नुभएको छ । ९३ हजार १५१ मतदाता रहेको उपमहानगरपालिकामा ६३ हजार ६४७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ म...
काठमाडौं: काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्व...
पोखरा: पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागित...

