पोखरामा १ सय २० बढी सवारीसाधन होल्डमा

पाेखरा | मंसिर ४, २०७९

पोखरामा १ सय २० बढी सवारीसाधन होल्डमा

पोखराः  निर्वाचनको दिन कास्कीमा सवारी पास बिना चलाइएका १सय २० बढी सवारीसाधनलाई प्रहरीले होल्डमा राखेको छ ।

 

निर्वाचनको दिन विना पास चलाइएका १ सय २० बढी दुईपाङ्ग्रे र केही चार पाङ्ग्रे सवारीसाधनलाई होल्डमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुन्दर तिवारीले जानकारी दिए । होल्डमा राखिएको सवारीसाधनलाई साँझ ५ बजेपछि छोड्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

कास्की लगायत देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन् । आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन भएकाले सवारी साधन संचालनमा रोक लगाइएको हो ।

 

अत्यावश्यक तथा पास लिएका सवारी साधन बाहेक अन्य सवारी साधन आज दिनभर नचलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ ।

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्