इन्सेकको प्रारम्भिक पर्यवेक्षण प्रतिवेदन हस्तान्तरण
काठमाडाैं | मंसिर ४, २०७९
काठमाडौंः आज भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन समग्रमा शान्तिपूर्ण भए पनि केही जिल्लामा भएको विवाद र हिंसात्मक घटनाप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले चिन्ता व्यक्त गरेको छ ।
सो केन्द्रले निर्वाचनका प्रारम्भिक प्रतिवेदन आज प्रमुख निर्वाचन आयुुक्त दिनेशकुमार थपलियालाई बुझाउँदै आयोगले शून्य सहनशीलताको नीति अपनाएको भए पनि निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कमी आएको नदेखिएको जनाएको छ ।
सो संस्थाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान गर्ने प्रक्रिया सहज गरेको पाइएको जनाएको छ । सीमान्तकृत नागरिक, ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी, अपाङ्गता भएका व्यक्तिलगायतका मतदातालाई विशेष व्यवस्था खानेपानी र शौचालयको व्यवस्था र स्वतन्त्र पर्यवेक्षकको अनुगमनमा पहुँचको विषयसमेत निर्वाचन र मानव अधिकार संरक्षणका लागि महत्वपूर्ण पक्षहरू रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा ३८ स्थानमा बम फेला, आठ स्थानमा बम बिस्फोट भएको र ६९ स्थानमा हवाई फायर भएको उल्लेख छ । इन्सेकले देशका सबै जिल्लामा सात सय ५१ जना पर्यवेक्षक परिचालन गरेको थियो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनमा देखिएका सुधार विगतमा पर्यवेक्षक संस्थाले गरेका सुझावकै आधारमा भएको जनाउँदै आगामी दिनमा गर्नुपर्ने कानूनी सुधार र मतदाता शिक्षाको नियमित सञ्चालनबारे आयोगले फड्को मार्ने गरी काम गर्ने सोच बनाएको बताउनुभयो । इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले सो प्रतिवेदन बुझाउनुभएको थियो ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

