नक्कली गणक बनेर मतगणना स्थल प्रवेश गरेका बास्तोला निर्वाचन अधिकृतको नियन्त्रणमा
पाेखरा | मंसिर ७, २०७९
कास्की: पोखरा सभागृहमा जारी मतगणनामा गणक बनेर मत गणना स्थलमा छिरेका पोखरा ११ का निवर्तमान वडाध्यक्ष्यसमेत रहेका कांग्रेसका नेता मोहन बास्तोलालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियन्त्रणमा लिएको छ ।
नक्कली मत गणक बनेर कास्की क्षेत्र नम्बर २ को मतगणना स्थलमा मतगणना स्थलमा प्रवेश गरेका बास्तोलालाई मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले स्पष्टिकरण सोधेको कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
‘निर्वाचनको सवालमा हाम्रो नियन्त्रणमा हुनुहुन्न । मुख्य निर्वाचन अधिकृतबाट नै नियन्त्रणमा लिएर स्पष्टिकरण सोधको जानकारीमा आएको छ ।’ डिएसपी तिवारीले भने ।
उनले अन्य नेताको कार्ड प्रयोग गरेर मतगणना स्थलमा प्रवेश गरेको बताइएको छ । उनलाई मतगणना स्थलमा देखेपछि नेकपा एमालेका गणकहरुले विरोध जनाएका थिए ।
पोखरा सभागृहमा अहिले कास्की क्षेत्र नम्बर २ को प्रतिनिधि सभा र २ (क) र २ (ख) को मतगणना जारी छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...
पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ । बुद्धटोल ...
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

