डोटीमा वडाध्यक्ष जोशीको निधन

डोटी | मंसिर १५, २०७९

डोटीमा वडाध्यक्ष जोशीको निधन सांकेतिक तस्बिर

डोटीः   डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ । उहाँको हृदयघातका कारण निधन भएको हो ।
  

बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढल्नुभएको पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । उहाँको हृदयघातकै कारण निधन भएको जिल्ला अस्पतालका डा सोहन शाहले बताउनुभयो । 


जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्