पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक उद्धार अभ्यास आज

पाेखरा | मंसिर २३, २०७९

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक उद्धार अभ्यास आज

पोखरा:  विमानस्थल सञ्चालनको तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज आकस्मिक उद्धार अभ्यास गरिने भएको छ ।  विमानस्थलका आयोजना प्रमुख इन्जिनियर विनेस मनकर्मीका अनुसार आज दिउँसो साढे १ बजे विमानस्थलमा आपतकालीन उद्धार अभ्यास हुनेछ ।

 

उनले आपतकालीन उद्धार अभ्यासका लागि विमानस्थल परिसरमा एम्बुलेन्स, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, रेस्क्यु फायर फाइटिङ सर्भिसका अभ्यास गर्ने गरिने जानकारी दिए  । 
साढे १ बजे उद्धार अभ्यास गर्ने तयारी भइरहेको छ, उनले भने, ‘भवितव्य परेको बेला छिटै उद्धार गर्न यस अभ्यासले सघाउछ ।’

 

उनले यसअघि सो विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) भइसकको बताए  । ‘हाम्रोमा एक हप्ता एरो थाईको जहाजले क्यालिब्रेसन फ्लाइट गरिसकेको छ । अब छिटै आफ्नो प्रतिवेदन प्राधिकरणलाई बुझाउने तयारी गरिरहेको छ भन्ने बुझिएको छ ।’ उनले भने ।

 

विमानस्थल अंग्रेजी नयाँवर्षदेखि सुरु गर्न भनिएपनि ल्याण्डफिल साइट व्यवस्थापन र रिठेपानी डाडा कटानको काम अझै सकिएको छैन । 

 

करिब २२ अर्ब लगानीमा निर्मित विमानस्थल बनाउने जिम्मा चिनिया कम्पनी सिएएमसीले पाएको थियो । आयोजनाका अनुसार सो विमानस्थल अन्तर्राष्टिय मापदण्ड अनुसार फोर डि मोडेलमा बनेको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्