पोखरा महानगरले खुलायो, ‘नदीजन्य समाग्रीको टेण्डर’

पाेखरा | मंसिर २४, २०७९

पोखरा महानगरले खुलायो, ‘नदीजन्य समाग्रीको टेण्डर’

पोखरा:  पोखरा महानगरपालिकाले नदीजन्य समाग्री उत्खनन्, तथा विक्रि वितरणका लागि बोलपत्र आह्वान गरेको छ ।
 

नदीजन्य समाग्री (घाट गद्धि) ढुंगा, गिट्टी, बालुवा, दहत्तर, बहत्तरको ठेक्काका लागि विभिन्न घाटको बोलपत्र खुला गरिएको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिए । 

 

उनका अनुसार पोखरा महानगरपालिका भित्रका ६ वटा घाटको आगामी पुष २४ गते  बोलपत्र दाखिला तथा विक्रि गर्ने गरि आह्वान खुला गरिएको हो । 

 

 

उनले पुरुन्चौर ढोडेनी घाट, ढावघाट, मर्दीलस्ती दोभानघाट, विजयपुर खोला (दाया किनार), भेडीफारम घाट, मुसेटुंडा सैनिकघाट (बायाँ किनार)को बोलपत्र खुला गरिएको बताए । 

 

भारतीका अनुसार अहिले खुला गरिएको घाटहरुबाट न्यूनतम २ हजार ५ सय घनमिटर देखि अधिकतम ७ हजार ८ सय ९७ घनमिटर सम्म नदीजन्य समाग्री उत्खनन गर्न सकिनेछ ।

 

पोखरा महानगरपालिकाले बोलपत्र फारम दस्तुर नगद रु ३ हजार निर्धारण गरेको छ । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्