अङ्ग्रेजी नयाँ वर्षः रानीवन आर्केडमा सातै प्रदेशका परिकार

पाेखरा | पुस ७, २०७९

अङ्ग्रेजी नयाँ वर्षः रानीवन आर्केडमा सातै प्रदेशका परिकार

पोखराः   पोखरा महानगरपालिका ६ गौरीघाटस्थित सञ्चालमा रहेको होटल रानीवन आर्केडले अङ्ग्रेजी नयाँ वर्षमा नयाँ परिकार पस्कने तयारी थालेको छ । 


आर्केडले ‘नेपाली खाना, जिवन शैली र संस्कृतिको विश्वव्यापीकरण तथा आलिदेखि थालीसम्म’ नारासहित रैथाने खानाको प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ परिकारहरु ल्याउने भएको हो ।


रेवान पोखराद्धारा आयोजित २४ औं सडक महोत्सवको स्वागत गर्दै होटलको ४५ औं वार्षिकोत्सवको अवसरमा ७ प्रदेशको खाना एकै थलो चखाउने उदेश्यसहित नयाँ परिकार पस्कन लागेको आर्केडका सञ्चालक हरि बहादुर भुजेलले जानकारी दिए । 


उनले सडक महोत्सवलाई लक्षित गरेपनि परिकारको स्वाद भने भोलि (शुक्रबार) देखिनै पाहुनाहरुले चाख्न पाउँने बताए । उनका अनुसार गण्डकी प्रदेशको च्याङ्ग्राको मासु, च्याङ्ग्राको रगतको पकौडा, सुकुटी, लुम्बिनी प्रदेशको साँधेको सुन्तला, गुल्मीको चाकु, कर्णाली प्रदेशको खसीको कवाफ, सुदूरपश्चिम प्रदेशको हाँसको परिकारहरुको स्वाद लिन पाइनेछ । 


यस्तै प्रदेश नम्बर १ को कालो सुंगुरका विभिन्न परिकारहरु, साफ्टा, भक्का, मधेश प्रदेशको घोँघी, जलकपुरलगायतका माछाका विभिन्न परिकारहरु र बागमती प्रदेशको राँगाको सुकुटीलगायतका परिकारहरु र खल्पीको अचारहरुको स्वाद लिन पाइनेछ । 


सो परिकारहरुको पाकशास्त्री (सेफ) सन्दीप खत्री र तिल बहादुर गुरुङले तयार गर्ने सञ्चालक भुजेलले बताए । 


मेला अवधिमा स्पेशल अफर


सडक महोत्सवको अवसरमा हरेक दिन स्पेशल अफर राखिएको आर्केडका प्रवन्धक निर्देशक भिमसेन भुजेलले जानकारी दिए । 


भुजेलका अनुसार पुष ८ गते एनिभर्सरी विशेष अफर, ९ गते क्रिसमस इभ अफर, १० र ११ गते स्ट्रिट फुडको स्वादसहित लाईभ बिबिक्यू अफर रहेको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्