मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ प्रक्राउ
काठमाडाैं | पुस ८, २०७९

काठमाडौं: नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ ।
प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौं ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज (शुक्रबार) पक्राउ गरिएको जानकारी दिएको छ ।
उनीहरुले तीन जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र मासिक एक हजारदेखि एक हजार पाँच सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ मा काठमाडौंबाट भारत, थाइल्याण्ड हुँदै लाओस पुर्याएका थिए ।
त्यहाँ पुर्याएपछि बिट क्वाइनमा इन्भेष्ट गराउनेलगायतका गैरकानुनी काम लगाउनुका साथै दुई महिना काम लगाई पीडितहरूबाट उल्टै तीन लाख ९० हजार रकम लिई लाओसमा मानसिक यातना दिएको अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए ।
उक्त कार्यमा संलग्नमध्ये एक जनालाई काठमाडौं ठमेल र एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान ब्युरोको प्रहरीले पक्राउ गरेको हो ।
निजहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा राख्न कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा चलान गरिएको छ ।
काठमाडौं: आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आइतबार अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण ...
काठमाडौं: इजरायलले गाजा सहरमा आक्रमण तिब्र पार्दै लगेपछि लडाकु समूह हमासले ‘बिदाइ तस्बिर’ भन्दै ४८ जनाको तस्बिर राखेको छ। समाचार संस्था अलजजिराका अनुसार हमासको लडाकु दस्ताले ४...
काठमाडौं: मुग्लिन–नारायणगढ सडकखण्ड पहिरोले अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार तुइन खोलाको पुल नजिक निरन्तर पहिरो झरेकाले सडक अवरुद्ध भएको हो। ठुलो पहिरो खसेपछि रातभर ...