चर्चित संगीत संयोजक महाराज थापालाई ब्रेन सिजर
काठमाडाैं | पुस ८, २०७९
काठमाडौं: चर्चित संगीत संयोजक महाराज थापा अस्पताल भर्ना भएका छन् । ब्रेन सिजरका कारण उनलाई शुक्रबार नर्भिक अस्पताल भर्ना गरिएको हो ।
बिहान साथीहरुसँग ब्याडबेन्टिन खेल्ने क्रममा एक्कसी लडेका उनलाई तुरुन्तै नर्भिक अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा डाक्टरले उनलाई ब्रेन सिजर भएको बताएका संगीतकार चेन सापकोटाले बताए ।
‘बिहान अस्पताल ल्याउँदा उहाँको अवस्था एकदमै खराव थियो’ सापकोटाले भने, ‘अहिले डाक्टरले खतरा मुक्त भएको बताएका छन् ।’ सापकोटाले थापाको उपचार खर्च सबै संगीतकार संघले गर्ने समेत जानकारी दिए ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

