प्रेस युनियन गण्डकीको अध्यक्षमा टंकराज अधिकारी

पाेखरा | पुस २०, २०७९

प्रेस युनियन गण्डकीको अध्यक्षमा टंकराज अधिकारी

पोखराः  प्रेस युनियन गण्डकी प्रदेशको अध्यक्षमा टंकराज अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । 


पोखरामा सम्पन्न भएको प्रथम अधिवेशनले टंकराज अधिकारीको अध्यक्षतामा २५ सदस्य कार्यसमिति चयन गरेको हो ।  


समितिको उपाध्यक्ष खुल्ला तर्फ माधव रेग्मी (कास्की), उपाध्यक्ष महिलामा संगीता केशी बानिया (पर्वत ), समावेशी उपाध्यक्षमा सारदा झेडी  मगर(नवलपुर) र महासचिवमा प्रकाश ढकाल (कास्की) सर्वसम्मत निर्वाचित भएका हुन् । 


समितिको सचिव तर्फ खुल्ला नारायण रिजाल(बागलुङ), समावेशी मोहसिन अलिमियाँ (गोरखा), महिला सचिवमा अन्जना तिमल्सिना (तनहुँ) र कोषाध्यक्षमा सन्देश पौडेल (लमजुङ) निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक कपिलमणी दाहालले जानकारी दिए । 


सदस्यहरुमा शंकरराज नहर्की (तनहुँ), सुवास पौडेल(कास्की), रिमा शाही (कास्की), खगेन्द्र भण्डारी (स्याङ्जा), गोविन्द लामिछाने (नवलपुर), फेमचन्द्र रोनियार (नवलपुर), देवराज पुरी (पर्वत), ऋषि बस्याल (स्याङ्जा), निरज अधिकारी (लमजुङ), पवित्रा खत्री (म्याग्दी), बुद्धि गुरुङ (मनाङ) र गीता कुमारी लामिछाने (कास्की) निवाचित भएका हुन् । बाँकी सदस्य समितिको बैठकले मनोनित गर्नेछ । 

काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।   पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...

थप पढ्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

थप पढ्नुहोस्