प्रेस युनियन गण्डकीको अध्यक्षमा टंकराज अधिकारी

पाेखरा | पुस २०, २०७९

प्रेस युनियन गण्डकीको अध्यक्षमा टंकराज अधिकारी

पोखराः  प्रेस युनियन गण्डकी प्रदेशको अध्यक्षमा टंकराज अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । 


पोखरामा सम्पन्न भएको प्रथम अधिवेशनले टंकराज अधिकारीको अध्यक्षतामा २५ सदस्य कार्यसमिति चयन गरेको हो ।  


समितिको उपाध्यक्ष खुल्ला तर्फ माधव रेग्मी (कास्की), उपाध्यक्ष महिलामा संगीता केशी बानिया (पर्वत ), समावेशी उपाध्यक्षमा सारदा झेडी  मगर(नवलपुर) र महासचिवमा प्रकाश ढकाल (कास्की) सर्वसम्मत निर्वाचित भएका हुन् । 


समितिको सचिव तर्फ खुल्ला नारायण रिजाल(बागलुङ), समावेशी मोहसिन अलिमियाँ (गोरखा), महिला सचिवमा अन्जना तिमल्सिना (तनहुँ) र कोषाध्यक्षमा सन्देश पौडेल (लमजुङ) निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक कपिलमणी दाहालले जानकारी दिए । 


सदस्यहरुमा शंकरराज नहर्की (तनहुँ), सुवास पौडेल(कास्की), रिमा शाही (कास्की), खगेन्द्र भण्डारी (स्याङ्जा), गोविन्द लामिछाने (नवलपुर), फेमचन्द्र रोनियार (नवलपुर), देवराज पुरी (पर्वत), ऋषि बस्याल (स्याङ्जा), निरज अधिकारी (लमजुङ), पवित्रा खत्री (म्याग्दी), बुद्धि गुरुङ (मनाङ) र गीता कुमारी लामिछाने (कास्की) निवाचित भएका हुन् । बाँकी सदस्य समितिको बैठकले मनोनित गर्नेछ । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्