फिर्केपुलमा मोटरसाइकल दुर्घटना, बागलुङका मनिष घाइते
पाेखरा | पुस २८, २०७९
पोखरा: पोखरा महानगरपालिका ४ फिर्केपुलमा (बुधबार) मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।
पोखरा बागलुङ सडकखण्ड अन्तरगत पर्ने पोखरा ४ फिर्केपुलमा मोटरसाइकल दुर्घटना हुँदा बागलुङका मनिष नेपाली र बाजुराका सुरज बुढा घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।

‘बुधबार राति फिर्के खोला पुलमा मोटरसाइकलस अनियन्त्रित हुँदा से ७ प ५२०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते छन्, सूचना अधिकारी पाठकले भने, दुईजना नै सामान्य घाइते छन्, अहिले मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।’
सूचना अधिकारी पाठकका अनुसार मोटरसाइकलका चालक सुरज बुढाले मापसे गरेको खुल्न आएको छ । पोखरा बागलुङ सडकखण्ड अन्तरगत पर्ने फिर्के खोला पुलमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको सूचना अधिकारी पाठकले जानकारी दिए ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

