फिर्केपुलमा मोटरसाइकल दुर्घटना, बागलुङका मनिष घाइते
पाेखरा | पुस २८, २०७९
पोखरा: पोखरा महानगरपालिका ४ फिर्केपुलमा (बुधबार) मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।
पोखरा बागलुङ सडकखण्ड अन्तरगत पर्ने पोखरा ४ फिर्केपुलमा मोटरसाइकल दुर्घटना हुँदा बागलुङका मनिष नेपाली र बाजुराका सुरज बुढा घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।

‘बुधबार राति फिर्के खोला पुलमा मोटरसाइकलस अनियन्त्रित हुँदा से ७ प ५२०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते छन्, सूचना अधिकारी पाठकले भने, दुईजना नै सामान्य घाइते छन्, अहिले मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।’
सूचना अधिकारी पाठकका अनुसार मोटरसाइकलका चालक सुरज बुढाले मापसे गरेको खुल्न आएको छ । पोखरा बागलुङ सडकखण्ड अन्तरगत पर्ने फिर्के खोला पुलमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको सूचना अधिकारी पाठकले जानकारी दिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

