बागलुङ नगरपालिका र कृषि ज्ञान केन्द्रको कार्यालयबीच विवाद, समाधान गर्न प्रदेश सभामा माग
पाेखरा | माघ २०, २०७९

पोखराः गण्डकी प्रदेशका सांसद गोविन्द बहादुर नेपालीले बागलुङको बागलुङ नगरपालिका र कृषि ज्ञान केन्द्रबीच कार्यालयमा भएको द्धन्द समाधान गर्न माग गर्नुभएको छ ।
गण्डकी प्रदेशको पहिलो अभिवेशनको विशेष समयमा बोल्दै सांसद नेपालीले नगर र कृषि ज्ञान केन्द्रको अभिभाकत्व ग्रहण गर्दै विवाद समाधान प्रदेश सभामा माग गरेका हुन् ।
‘बागलुङ नगरपालिकाले कृषि ज्ञान केन्द्र नभएको अवस्थामा त्यहाँबाट सेवा प्रवाह गर्दै आएको थियो, नेपाली भने, ‘कृषि ज्ञान केन्द्रको सामित्वमा भएको भवनबाट अहिले नगरपालिका र कृषि ज्ञान केन्द्रले सेवा प्रवाह गर्दै आएका छन्, दुवै कार्यालयबीच विवाद बढ्दो छ, समाधान गरौं ।’
उनले दुवै कार्यालयबीच विवाद बढ्दै गएकाले द्धन्द चर्किन नदिन प्रदेश सरकारले दुवैको अभिभाकत्व ग्रहण गर्दै विवाद समाधान गर्न माग गरेका छन् ।
सांसद गोविन्द बहादुर नेपाली गण्डकी प्रदेशका समानुपातिक सांसद हुन् ।
झापा : एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ जिल्ला केराबारी गाउँपालिका –२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ...
काठमाडौँ: नेपाल प्रहरीका दुईजना एआईजीको विभाग हेरफेर भएको छ । अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई मानवश्रोत विकास विभागमा सरुवा गरिएको छ ...