कप्तान अरुणा र रवि सर्वोत्कृष्ट खेलाडी
पाेखरा | फागुन ३, २०७९
पोखरा: राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही र पुरुष यू–२३ राष्ट्रिय टोलीका सदस्य रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा स्याङ्जाको वालिङमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ म्याग्दीका कप्तान अरुणा र बागलुङका कप्तान रवि सर्वोकृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरुले नगद १५ हजार पुरस्कार प्राप्त गरे ।

महिलातर्फ विधागतमा उत्कृष्ट सर्भर सोइङ थापा (स्याङ्जा), स्पाइकर रिमा कुँवर (पर्वत), ब्लकर तिलिजा पुन (म्याग्दी), लिब्रो जायरा निसा (स्याङ्जा), सेटर रविना घर्तिमगर (म्याग्दी) र उत्कृष्ट कोच जिल्ला भलिबल संघ म्याग्दीका मलिन रोका घोषित भए । उनीहरुले जनही १० हजार पुरस्कार प्राप्त गरे ।
पुरुषतर्फ विधागतमा उत्कृष्ट सर्भर घनश्याम चौधरी (नवलपुर), सेटर मिन सुनार (बागलुङ), ब्लकर हिमाल सुनारी (नवलपुर), लिब्रो सौगात जिसी (पर्वत), स्पाइकर विष्णु क्षेत्री (पर्वत) र उत्कृष्ट कोच जिल्ला भलिबल संघ बागलुङका कृष्ण शेरचन घोषित भए । उनीहरुले जनही १० हजार पुरस्कार प्राप्त गरे ।
स्याङ्जाको वालिङमा सम्पन्न भएको गण्डकी प्रदेश मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ जिल्ला भलिबल संघ म्याग्दी र पुरुषतर्फ बागलुङले उपाधि जितेका थिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

