सङ्घीयताको जग तयार: प्रदेश प्रमुख गुरुङ

पाेखरा | फागुन १८, २०७९

सङ्घीयताको जग तयार: प्रदेश प्रमुख गुरुङ

गण्डकी:    गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुलुकमा सङ्घीयताको जग तयार भएको बताउनुभएको छ । गण्डकी प्रदेशसभा बैठकलाई बुधबार सम्बोधन गर्नुहुँदै उहाँले प्रदेश संरचना सुनिने अवस्थाबाट देखिने अवस्थामा आइपुगेको उल्लेख गर्नुभयो ।


पाँच वर्षअघि शूल्य संरचनाबाट सुरु भएको गण्डकी प्रदेश भौतिक, प्रशासनिक र कानुनी पूर्वाधार खडा गर्न सफल भएको प्रदेश प्रमुख गुरुङले बताउनुभयो । प्रदेशलाई स्थापित गर्न सरकार र प्रदेशसभाले खेलेको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो ।


“प्रदेशसभाको प्रथम कार्यकालमा सरकार निर्माण गर्न, कानुन निर्माण गर्न, बजेट तथा योजना निर्माण गर्न यहाँहरूले पु¥याउनुभएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दछु”, प्रदेश प्रमुख गुरुङले भन्नभयो ।


प्रदेशको पञ्चवर्षीय योजनाको कार्यान्वयन, प्रदेश लोकसेवा आयोग गठन, गण्डकी प्रदेश प्रशिक्षणको स्थापनाजस्ता कार्यलाई उपलब्धिको रुपमा लिनुपर्ने उहाँले बताउनुभयो ।


प्रदेश प्रमुख गुरुङले अहिलेको प्रदेश सरकारले मन्त्रालय सङ्ख्या घटाएर प्रदेशवासीमा सकारात्मक सन्देश दिएको उल्लेख गर्नुभयो । ऐन, कानुन निर्माणदेखि विकास आयोजनालाई गति दिन प्रदेश सरकारले सक्रियता लिइरहेको उहाँको भनाइ छ ।


“प्रदेशलाई बलियो बनाई प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन मुख्यमन्त्रीबाट पटकपटक प्रधानमन्त्रीलाई भेट गरी प्रदेशका समस्या र समाधानका उपायका सम्बन्धमा जानकारी गराउने काम भएको छ”, प्रदेश प्रमुख गुरुङले भन्नुभयो ।


जनअपेक्षाअनुरुप विकास, सुशासन र सेवा प्रवाहलाई चुस्त पार्न प्रदेश सरकारले थप प्रयत्न गर्नुपर्ने उहाँले बताउनुभयो । “संविधानमा व्यवस्था गरिएको सबै मौलिक हकअधिकारको व्यवहारमा अवलम्बन गर्नरगराउन बाँकी नै छ, सेवा प्रवाहलाई सहज र सरल बनाउनु जरुरी छ”, प्रदेश प्रमुख गुरुङले भन्नुभयो ।


उहाँले ‘समृद्ध प्रदेश, सुखी नागरिक’को लक्ष्य प्राप्तिका लागि वर्तमान गण्डकी सरकार प्रतिबद्ध रहेको बताउनुभयो । विकास र समृद्धि कुनै राजनीतिक दल वा समूह विशेषको निजी विषय नभई नागरिकको साझा विषय भएको प्रदेश प्रमुख गुरुङले उल्लेख गर्नुभयो ।


गण्डकी प्रदेशको समृद्धिका लागि पर्यटन, ऊर्जा, कृषि, उद्योग, भौतिक पूर्वाधार, मानव संशाधन र सुशासनलाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । प्रदेश प्रमुख गुरुङले सबैको संयुक्त प्रयासबाट गण्डकीले समृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

थप पढ्नुहोस्

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्