पोखराका महिलालाई मखमलको जुत्ता बनाउने तालिम
पाेखरा | चैत १, २०७९
पोखरा: मखमलको जुत्ता बनाउने १५ दिने तालिम मंगलबार सम्पन्न भएको छ । नेवाः मिस पुच कास्कीको आयोजना, नेवाः खल कास्की, नेवाः ल्याम्ह पुच कास्कीको सहआयोजना तथा पोखरा महनगरपालिका वडा ९ र सिटिइभिटीको सहयोगमा सञ्चालित तालिम सम्पन्न भएको हो ।
२५ जना प्रशिक्षार्थी सहभागी भएको तालिम फागुन १५ गते बाट ३० गते सम्म नेवाः छे भिमसेन टोलमा भएको थियो । तालिमको प्रशिक्षकको रुपमा सृजनशील महिला समुह तथा सिप बिकास केन्द्र काठमाडौंका अध्यक्ष दिपा शाक्य रहेकी थिइन् ।
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री सिता सुन्दासले तालिमले नेवारी दिदी बहिनीहरुलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने बताइन् । उनले संस्थाले महिला सशक्तिकरणमा गरेको कामको प्रशंसा गरिन् । प्रदेश सरकारले पनि स्थानीय उत्पादन सँगै महिला सशक्तिकरणलाई जोड दिइको उनको भनाई थियो ।
नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाः खलको उद्देश्य भाषा, संस्कृति सँगै सिपको बिकास गर्ने योजना अनुसार तालिम आयोजना गरिएको बताए । नेवाः मिस पुच कास्कीका अध्यक्ष मेनुका श्रेष्ठले सिपले महिलाहरुमा आर्थिक उत्पादनमा सहयोग पुग्ने बताइन् ।
कार्यक्रम संयोजक सोनी ढेवाजुले चुलो चौकोमा मात्र सीमित महिलाहरुको लागि सिपयुक्त तालिमले जिबिकोपार्जनमा सहयोग पुग्ने बताइन् ।
कार्यक्रममा ल्याम्ह पुच कास्कीका अध्यक्ष मधुसुदन जोशी, सिटिइभिटी अन्नपूर्ण प्रमुख मोतिमाया भुजेल, वडा नं. ९ का वडा सदस्य भवना श्रेष्ठ, नेवाः पत्रकार मञ्चका अध्यक्ष सञ्जयकुमार मल्ल, सिटिवान टेलिभिजनका निर्देशक अनिशा श्रेष्ठ, प्रशिक्षार्थी अम्बिका मुल्मी लगायतले बोलेका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

