आलु महोत्सव नजिकिदै गर्दा हेम्जामा सरसफाई
पाेखरा | चैत १९, २०७९
पोखरा: ११ औं संस्करणको राष्ट्रिय हेम्जा आलु महोत्सव नजिकै आइपुग्दा पोखरा महानगरपालिका वडा न. २५ हेम्जामा सरसफाई गरिएको छ ।
११ औं संस्करणको महोत्सव नजिकिदै गर्दा आलु महोत्सव आयोजक बिष्णु पादुका क्लबको आयोजनामा हेम्जाको तिब्बतीयन क्याम्पदेखि साझाचोक हुदै चाक्लेकुलासम्म रहेको फोहोर मैला संकलन गरि सरसफाई गरिएको हो ।
उक्त अवसरमा बिष्णु पादुका क्लबका पदाधिकारीहरु तथा हेम्जामा रहेका विभिन्न संघ सस्था, आमा समुह, युवा क्लब तथा स्थानियहरुले सहभागीता जनाएको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सवका महासचिव बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । सरसफाइ कार्यक्रममा संकलन फोहोरलाई बोरामा राखी महानगरको फोहोर संकलन गर्ने सवारीमार्फत ब्यवस्थापन गरिएको महासचिव श्रेष्ठले बताउनुभयो ।
विगतका वर्षहरुमा पनि हेम्जा आलु महोत्सवमा महोत्सव स्थल परिसर र आसपासका टोलहरुमा सरसफाइ गरिदै आएको र सरसफाइ कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने हेम्जा आलु महोत्सव मुल आयोजक समारोह समितिका संयोजक तथा बिष्णु पादुका क्लवका अध्यक्ष सुबिन श्रेष्ठले बताउनुभयो ।
बिष्णु पादुका क्लब पोखरा २५ हेम्जाको आयोजनामा यही चैतको २६ गतेदेखि बैशाख ३ गतेसम्म बिष्णु पादुका खेल मैदानमा ११ औं राष्ट्रिय हेम्जा आलु महोत्सव हुदैछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

