भरतपोखरी विश्वकर्मा समाजको अध्यक्षमा डिलबहादुर लामगादे
पाेखरा | चैत २८, २०७९
पोखरा: भरतपोखरी विश्वकर्मा समाजको अध्यक्षमा डिलबहादुर लामगादे सर्वसम्मत चयन भएका छन् ।
भरत पोखरी बिश्वकर्मा समाज पोखरा महानगरपालिका ३३ को तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशनले डिलबहादुरको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको हो ।

.
समाजको उपाध्यक्षमा शिव प्रतेल,सचिवमा गणेश प्रतेल र कोषाध्यक्षमा प्रेम लामगादे चयन भएका हुन् ।
समाजको सदस्यहरुमा शेर बहादुर घताने ,राम बहादुर घताने, शान्ति घताने ,सरस्वती घिमिरे ,प्रतिमा घिमिरे,काजीमान लामगादे र रम बहादुर लामगादे चयन भएका हुन् ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका ३३ का वडाध्यक्ष रामचन्द्र आचार्यले वडाले समाजको लागि सक्दो सहयोग गर्ने बताए । ‘समाजले वडाको विकास र यस समुदायको विकासका लागि वडाले सहयोग गनै सधै तयार छ, उनले भने, ‘समाजको विकासका लागि सहकार्य गर्न वडा सधै तयार नै छ ।’
चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनारले सीप मुलक तालिम प्रदान गर्ने प्रतिवद्धता जनाए । ‘विभिन्न सीप मूलक तालिम अहिलेको आवश्यकता हो, सीप मुलक तालिमले व्यक्तिको मात्र नभएर समाज परिवर्तनका लागि सीप मुलक तालिम आवश्यकता हो, उनले भने, ‘समाज र समुदायको लागि सीप मुलक तालिम सञ्चालन गर्न प्रतिवद्ध छु ।’
भरत पोखरी बिश्वकर्मा समाजको भवनमा सम्पन्न भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन दिल बहादुरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

