टाईगर ग्रुपले पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने

पाेखरा | चैत ३०, २०७९

टाईगर ग्रुपले पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने

पोखरा:     आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई टाईगर ग्रुप अफ पोखरा नेपालले सघाउने भएको छ । टाईगर ग्रुपले अवार्ड अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार प्रायोजन गर्ने सम्झौता भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिए ।


सम्झौता पत्रमा बुधबार टाईगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले हस्ताक्षर गरें । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार राशी पैतीस हजार रुपैयाँ रहेको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा गण्डकी प्रदेशका सासंद प्रकाश बराल, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्षद्धय केशव पाठक र एकराज गिरी, महासचिव राजाराम पौडेल, सचिव शशीकुमार पौडेल लगायतको उपस्थिती रहेको थियो ।


टाईगर ग्रुप अफ पोखरा नेपालले नेपालको राष्ट्रिय खेल भलिवललाई प्रवद्र्धन गर्ने उद्धेश्यले टाईगर कप भलिवल प्रतियोगिताको आयोजना गर्दै आएको छ । टाईगर ग्रुपले यसअगाडि समेत स्पोर्ट्स अवार्डमा सहयोग गरेको थियो ।


सातौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिनेछ ।


अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका लगायतले सहयोग गर्ने तय भैसकेको छ । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको महासचिव पौडेलले जानकारी दिए । अवार्ड कार्यक्रमको मिति नजिकिदै गर्दा मञ्चले तयारीलाई तिव्रता दिएको छ । सबैको साथ सहयोग प्राप्त हुने क्रम भइरहेकोले यसपालीको अवार्ड कार्यक्रम भव्य बन्ने मञ्चले विश्वास गरेको छ ।

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्