म्हाँजु क्ह्रोंगि लामा भाइ खलकको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
पाेखरा | बैशाख १, २०८०
पोखरा: म्हाँजु क्ह्रोंगी लामा भाइ खलकले नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा ८ बगालेटोल स्थित सोंपाल तमु समाजमा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा अमेरिकाको टस्कगी विश्वविद्यालयका प्राध्यापक, पशु विज्ञान बैज्ञानिक विशेषज्ञ, गण्डकी विश्व विद्यालयका सल्लाहकार तथा म्हाँझु भञ्ज्याङ् गेटको परिकल्पनाकार समेत रहेका डा। नरकाजी गुरुङलाई सम्मान समेत गरिएको छ । सामाजिक कार्यमा योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरिएको हो ।
सम्मानित हुँदै प्रोफेसर डा. गुरुङले आफ्नो गाउँको विकासका लागि सबै एक हुन आवश्यक रहेको बताए ।
यस्तै म्हाँजु क्र्होगी लामा परिवारका अध्यक्ष क्षेत्रबहादुर गुरुङले गाउँ विकासका लागि आफुहरु एक भएर लाग्ने बताए ।
कार्यक्रममा द्रोपती गुरुङ, राष्ट्रिय फुटबल प्रशिक्षक क्याप्टेन दिलकाजी गुरुङ, समाजसेवी धन बहादुर गुरुङ लगायतले आफ्नो धारणा राखेका थिए । उनीहरुले गाउँको विकाससँगै सांस्कृतिक पहिचान दिनेगरी अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रम संचालन सूर्यमान गुरुङले गरेका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

