पोखराको प्रचारमा निस्केको ‘डुलुवा’ भारतको काश्मिरमा
काठमाडाैं | जेठ २९, २०७९
पोखराः छिमेकी देश भारतका घुमन्तेलाई पोखरा आउन निम्तो दिँदै यहाँबाट निस्केको टोली ‘डुलुवा’ भारतको उत्तरी प्रान्त जम्मु–काश्मिर पुगेको छ । टोलीले त्यहाँका स्थानीय र टूर्स एण्ड ट्राभल एजेण्टलाई पोखराको आकर्षण र प्रकृतिबारे जानकारी दिन प्रेसमिटको समेत आयोजना गरेका छन् ।
टोलिले भारतका विभिन्न शहरहरुमा पोखराको प्रवद्र्धनात्म सामग्री ब्रुसर, पोष्टर वितरण गरेको छ भने विभिन्न समुहहरुसंग छलफल तथा अन्तरक्रिया पनि गर्दै अगाडी बढेको छ । जम्मुमा रहेका नेपाली समुदायका भारतियहरुले आफुहरुलाई राम्रो स्वागत सम्मान गरेको टोली प्रमुख योगेश भट्टराईले बताए ।
टोलीले उनीहरुलाई पोखरामा रहका कस्मिरी समुदायका बारेमा जानकारी दिंदै व्यवसायीक सहयोग आदान प्रदानका बारेमा छलफल गरेको थियो । ‘भारत पुगेपछि केहि उल्झन् हुन्छ कि भन्ने सोचेंका थियौं, तर जताततै राम्रो सत्कार पाएका छौं–उनले भनेका छन्।
गत २२ गते पोखराबाट हिंडेको डुलुवाले पहिलो दिन कोलपुरमा, दोश्रो दिन रामपुरमा तेश्रो दिन चण्डीगढ, पाँचौं दिन अमृतसरमा छैठौं दिन जम्मुमा तथा सातौं दिन कस्मिरमा बास बसेको भ्रमण टोलीका सदस्य विकास भट्टराईले जानकारी दिए ।
१९ सदस्यीय भ्रमण टोली यसपछि कारगिल, ले, लद्दाख हुँदै मनाली पुग्ने छ । मनालीमा त्यहाँका व्यवसायीसंग अन्तरक्रियासंगै प्याराग्लाइडिङ्गको कार्यक्रम पनि हुने भट्टराईको भनाई छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

