मेयर र उपमेयरविहीन भयो पोखरा महानगर !

पाेखरा | बैशाख ८, २०८०

मेयर र उपमेयरविहीन भयो पोखरा महानगर !

पोखराः पोखरा महानगरपालिका यतिबेला मेयर र उपमेयरविहीन भएका छन् । 

 

मेयर धनराज आचार्य बिहीबार जापान गएका छन् भने उपमेयर मञ्जुदेवी गुरुङ् ४ दिन अघि नै बेलायत लागेकी हुन् । दुबै प्रमुख विदेश लागेपछि महानगरको कार्यवाहकको जिम्मेवारी २५ नम्बरका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले पाएका छन् । 

 

मेयर आचार्य जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को निमन्त्रणामा खानेपानी र ढल परियोजनाको सम्झौता गर्न गएका हुन् । 
 

 

उपमेयर गुरुङ तमु धिँ यूकेको निमन्त्रणामा बेलायत गएकी हुन् । बेलायतमा आफन्त र बार्नेट सिटीका मेयरसँग भेटघाटमा गुरुङ् व्यस्त छिन् ।

 

महानगर एकैपटक प्रमुख र उपप्रमुखविहीन भएको यो पहिलो घटना हो । 

 

आचार्य जापानका एक साता रहने कार्यक्रम रहेको छ । गुरुङ् भने ३ साता रहनेछिन् । 

 

महानगरमा मेयर, उपमेयर नभएपनि काममा कुनै अवरोध नहुने वडा ४ का अध्यक्ष देवकृष्ण पराजुली बताउँछन् । 

 

‘कार्यवाहक हुनुहुन्छ, काम रोकिँदैन’ पराजुली भन्छन् ‘मेयरज्यू एकहप्तामा आइहाल्नुहुन्छ, खासै समस्या पर्दैन ।’
 

 

वडाध्यक्ष पराजुलीकैजस्तो धारणा राख्छन् महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती । भारतीका अनुसार महानगरमा कार्यपालिका बैठक बस्नेबाहेकका सबै काम सुचारु हुन्छ ।

 

‘अहिले वडा कार्यालय स्वायत्त छन्, नागरिकको कुनैपनि काम रोकिँदैन’ भारतीले भने ‘महानगरमा कार्यवाहकलाई अधिकार दिइएको छ, बाधा व्यवधान छैन ।’

 

मेयर र उपमेयर एकैपटक विदेश जानुपर्ने अवस्थाबारे भारती भन्छन्, ‘उहाँहरु दुबैजना यतिबेला आफुले चाहेर विदेश जानुभएको होइन, समय त्यस्तै प¥यो, उहाँहरुको नियन्त्रणमा रहेन ।
 

गण्डकी:   गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा १४ औं युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते हुने भएको छ।  क्युएफएक्स ट्रेड मलमा हुने महोत्सवमा युरोपका विख्यात फिल्मकर्मी, बेलायतका बाफ्टा–मनोनित सर्जक तथा उदीयमान...

थप पढ्नुहोस्

काठमाडौं: पाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यले उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको हो । महासंघले बिहीबार सुनको मू...

थप पढ्नुहोस्