२४ घण्टामा १०६ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु
काठमाडाैं | बैशाख ८, २०८०
काठमाडौं: पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एकजनाको मृत्यु भएको छ ।
शुक्रबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै कोरोना संक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ भने संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।
संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सबैमा आग्रह गरेको छ ।
गण्डकी: गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २...
पोखरा: पोखरामा १४ औं युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते हुने भएको छ। क्युएफएक्स ट्रेड मलमा हुने महोत्सवमा युरोपका विख्यात फिल्मकर्मी, बेलायतका बाफ्टा–मनोनित सर्जक तथा उदीयमान...
काठमाडौं: पाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यले उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको हो । महासंघले बिहीबार सुनको मू...

