सेभेन स्टार फूड मार्टका सेफ उमेशलाई उपराष्ट्रपतिबाट हस्पिटालिटी अवार्ड

काठमाडाैं | जेठ २९, २०७९

सेभेन स्टार फूड मार्टका सेफ उमेशलाई उपराष्ट्रपतिबाट हस्पिटालिटी अवार्ड

पोखरा: नेपाली मौलिक परिकार ८४ व्यञ्जनले राजधानीमा आयोजना गरेको हिमालयन हस्पिटालिटी अवार्ड २०२२ मा सेभेन स्टार फुड एण्ड मार्ट प्रालि तथा सेभेन स्टार रेष्टुरेन्ट एण्ड बार, पोखराका सञ्चालक तथा सेफ उमेश भुवाई हिमालयन सेफ अवार्ड २०२२ विजेता भएका छन् ।

 

नेपाली मौलिक खाना ८४ व्यञ्जनको प्रवद्र्वन गर्ने उद्देश्यले देशभरका सेफहरुबीच आयोजित प्रतियोगितामा प्रथम भएवापत सेफ भुवाईलाई प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले नगद १० हजार रुपियाँसहित अवार्ड प्रदान गरेका छन्।

 

प्रतियोगितामा सेफ पूर्ण, सुवास थापा, उमेश तामाङ र सुजन आले मगर क्रमशः द्धितीय, तृतिय, चतुर्थ र पञ्चम भए । बुढानिलकण्ठस्थ्ति होटल अमुप्रस्थमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले ८४ व्यञ्जन नेपालको मुख्य खाना भएको चर्चा गर्दै यससँग देशको पहिचान, संस्कृति र देशको गौरव जोडिने बताए । ‘

 

'परम्परागत रुपमा राजाका सेना, त्यसका कमाण्डर र युद्धमा होमिने योद्धाले ८४ व्यञ्जन भोजन लिने गर्दथे,  त्यसताका ८४ व्यञ्जनको परिकार बनाउने कला तत्कालिन राज्यले गोप्य राख्ने गर्दथ्यो । किनकी विरोधीहरुले त्यो ८४ व्यञ्जनको खाना खायो भने विरोधी सेना तगडा हुन्छ र आप्mनो सेना हार्ने सम्भावना हुन्छ भन्ने हुन्थ्यो । त्यसैले ८४ व्यञ्जनको सुत्र बाहिर ल्याईएको थिएन । विस्तारै ८४ व्यञ्जन शोखको रुपमा विकसित भएर आएको देखिन्छ’ उपराष्ट्रपति पूनले भने ।

 

त्यसैगरी कार्यक्रम आयोजक संस्था नेपाली ८४ व्यञ्जन प्रालिका अध्यक्ष सेफ प्रेमलाल घिसिङले ८४ व्यञ्जनको विश्वव्यापी प्रबद्र्धनमार्फत नेपालको पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने उद्वेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा ८४ व्यञ्जन परिकारको प्रदर्शन गरिएको थियो ।

 

राजधानीमा आयोजित प्रतियोगितामा प्रथम स्थान हात पारेको अवसरमा आज सेभेन स्टार फुडमार्ट परिवारले पोखरामा भुवाईलाई सम्मान समेत गरेको छ । 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्