को बन्लान् उदीयमान खेलाडी ?

पाेखरा | बैशाख १५, २०८०

को बन्लान् उदीयमान खेलाडी ?

पोखरा:   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको  सातौं पोखरा स्पोटर््स अवार्ड २०७९ को रौनक बढ्दै गएको छ । 


अवार्ड अन्तरगतका चार विधाको मनोनयन सार्वजनिक भएपछि अवार्ड प्रतिको रौनकता थप बढेको हो । मञ्चले अवार्डको तयारीलाई थप तिव्रता समेत दिएको छ ।


मनोनयनमा सार्वजनिक भएका विधा मध्ये उदीयमान तर्फको विधाको अवार्डमा यो वर्ष निकै रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ ।

 

यो विधा तर्फको मनोनयनमा गण्डकी प्रदेशबाट राष्ट्रिय टिममा मात्रै नभई अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीहरु मनोनयनमा परेका छन् । मनोनयनमा पर्ने खेलाडीहरु फुटबलका सुमित श्रेष्ठ, क्रीकेटका सुवास भण्डारी र भलिबलका रवि केसी रहेका छन् । 


रवि केसी -भलिबल


नेपाली भलिबलमा चम्किएको नाम हो गण्डकी प्रदेश । पुरुष भलिबलमा चम्किएको गण्डकीले पछिल्ला केही वर्ष यता पुनः नेपाली भलिबलमा हैकम जमाइरहेको छ । 


तिनै गण्डकी टिमका खेलाडी मध्ये एक हुन रवि केसी । गण्डकीको भलिबलमा उदाउदा खेलाडी हुन रवि केसी मोफसलमा चलेकै नाम हो । 


२०५७ सालमा बागलुङ गलकोट नगरपालिका ७ मा जन्मिएका रवि स्थानीय खेलहरु खेल्दै प्रदेश हुँदै यु २३ को राष्ट्रिय टिमबाट खेलिरहेका छन । स्पाइकर रविले २०७८ सालमा पहिलो पटक डेब्यु गरे । 


दोस्रो संस्करणको टाइगरकप आमन्त्रित महिला÷ पुरुष भलिबलबाट गण्डकीमा आफुलाई डेब्यु गराएका उनी छोटो समयमै राष्ट्रिय टिममा पनि परे । २०७९ मा यु २३ राष्ट्रिय टिममा परे । उनको खेल कौशलकै कारण नेपाल यु २३ राष्ट्रिय टिममा उनी पर्न सफल भए । 


बंलादेशमा भएको बगबन्धु एसियन सेन्ट्रलजोन भलिबल  च्याम्पियनसिप उनको पहिको अन्तर्राष्ट्रिय खेल हो । रवि बागलुङको टिम क्याप्टेन समेत हुन । २३ वर्षीय केसी तेस्रो संस्करणको टाइगरकप सर्वोत्कृष्ट खेलाडी हुन । तेस्रो संस्करणको टाइगरकपसंगै, लामाचौर कप, गण्डकी प्रदेश मुख्य मन्त्रीकप विजेता समेत हुन । टाइगरकप र मुख्यमन्त्री कपमा सर्वोत्कृष्ट खेलाडी समेत रहेका रवि नेपालका लागि उत्कृष्ट खेलाडी बन्न सक्छन  ।


सुमित श्रेष्ठ- फुटबल


पोखराका सुमित श्रेष्ठ फुटबलमा अहिले उदाइरहेका खेलाडी हुन् । नेपालकै चर्चित ए डिभिजन क्लब मनाङ मस्र्याङदीबाट व्यवसायीक फुटबल खेल्दै आएका उनी मिड फिल्डर हुन् । तर उनी डिफेन्डरदेखी स्ट्राइकर सम्म बन्ने खुबी राख्छन् । अर्थात फुटबलमा दुर्लभै मानिने अलराउन्डर मध्येमै उनी पर्छन् । 


पोखराको पृथ्वीनारायण क्याम्पसबाट सुरु भएको फुटबल यात्राले उनलाई अहिले राष्ट्रिय टिममा पु¥याएको छ । विशेषगरी एन्फाले आयोजना गरेको राष्ट्रिय फुटसल लिगबाट उनी चर्चामा आए । पोखरामै सम्पन्न फुटसल लिगमा समेत उनी उदीयमान खेलाडी घोषित भए ।

 

हाल राष्ट्रिय सिनियर टिमबाट खेलिरहेका उनले थ्रिनेसन्स कपमा स्वर्ण समेत हात पार्न सफल भए । स्पोट्र्स क्यासलबाट खेलेका उनी फुटसलकै राष्ट्रिय टिममा परे । सन् २०२२ अप्रिल १ देखी २१ सम्म किर्गिस्तानमा भएको एफसी एसियन कप छनोटमा पहिलो पटक अन्तर्राष्ट्रिय डेब्यु गरे । उक्त प्रतियोगितामा उनले एक गोल समेत गरेका थिए । 


२०२२ मै फुटसलबाटै फुटबलमा आएका उनी पहिलो पटक यु–२० राष्ट्रिय टिममा पर्दै साफ यु–२० च्याम्पियनसिप समेत खेले । भारतमा भएको खेलमा उनले एक गोल असिस्ट गरेका थिए । लगत्तै २०२२ मै वहराइनमा यु–२० एसिएन कप छनोट खेल्न समेत पुगेका थिए । सुमितले थ्रिनेसन्स कपमा स्वर्ण, नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्य, पदक हासिल गरे । उनले २०२० देखी २०२२ सम्म बासँबारी क्लबबाट दुई संस्करण वि डिभिजन लिग समेत खेले । 


सुवास भण्डारी-क्रीकेट


बागलुङका सुवास भण्डारी उमेरले १९ वर्ष पुगे । नेपाली राष्ट्रिय यु १९ का पहिलो रोजाइका अलराउन्डर भण्डारी गण्डकी यु १९ का टिम कप्तान पनि हुन् । नेपाललाई यु १९ विश्वकप छनोटमा पु¥याउन उनको ठूलो योगदान रह्यो । नेपालले क्रीकेटको यु १९ विश्वकप खेल्दैछ । यस अघि विश्वकप छनोटका लागि पाँच खेल खेले ।

 

पाँच खेलमा उनले कुल ७ विकेट लिए । चार खेलमा उनले विकेट लिएका हुन् । सिंगापुर विरुद्ध १० ओभरमा २३ रन खर्चेर २ विकेट लिए । हङकङ विरुद्धको खेलमा १० ओभरमा १० रन खर्चेर २ विकेट लिए । मलेसिया विरुद्धको खेलमा ९ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । युएई विरुद्ध १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । 


भण्डारी बागलुङमा जन्मिएपनि खेलथलो भने कास्की हो । कास्कीमा नै रहने क्रीकेट सुरु गरिरहेका उनी गण्डकीका मुख्य खेलाडी मध्येकै एक हुन् । राष्ट्रिय टिममा पर्नुअघि भएको प्रदेशस्तरीय छनोट खेलमा ६ खेल्दा १४ विकेट लिएका थिए । उनले विकेटमात्र होइन ६ खेलमा १२४ रन बनाएका थिए । 


प्रदेश छनोट पश्चात उनी सुरुवाती २८ मा पर्न सफल भए । उक्त क्याम्पमा ५ खेलमा १५ विकेट लिदाँ कुल १२० रनसमेत बनाए । २८ पछि अन्तिम १८ हुँदै अन्तिम १४ मा पर्न सफल भए । 


यही वैशाख २३ गते शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा वर्ष उदीयमान खेलाडी सहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जनाए । 


वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् । 


वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।


लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चका महासचिव पौडेलले जनाए । 


अवार्ड कार्यक्रमलाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ । यसरी सहयोग गर्नेमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड, टेल्जि नेपाल, मझेरी रिर्सोट एण्ड स्पा, सहारा युके, सहारा युकेका संस्थापक सल्लाहकारद्वय महेश गुरुङ र लोक बहादुर गुरुङ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङ, पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङ, रामबजार सोसाइटि युकेका अध्यक्ष राम गुरुङ, समाजसेवी चिनकाजी गुरुङ, पोखरेली मञ्च युकेका सल्लाहकार नरजङ्ग गुरुङ रहेका छन् ।


नेपाल औषधी व्यसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, पब्लिक टेलिभिजन, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था, सहारा हङकङ, क्लासिक चुलो, वल्ड लिंक, होटल बाराही, फुडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताल, लगायतले समेत सघाउने तय भैसकेको मञ्चले जनाएको छ । 

काठमाडौं:  नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६ देखि २८ गते हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लाग...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबारदेखी सुरु...

थप पढ्नुहोस्

पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ ।  लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...

थप पढ्नुहोस्