धरानबाट २ पेस्ताेलसहित हुकमेन, दिपक र रोहित पक्राउ

धरान | जेठ २, २०८०

धरानबाट २ पेस्ताेलसहित हुकमेन, दिपक र रोहित पक्राउ

सुनसरी:   प्रहरीले धरानबाट दुई थान स्वचालित पेस्तोलसहित तीन युवालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा धरान– १७ डाँडाघोपा बस्ने २९ वर्षीय हुकमेन जिमी, २४ वर्षीय दिपक जिमी र धरान– १५ बाझगरास्थित सहिदमार्ग बस्ने २४ वर्षीय रोहित राई रहेका छन् ।

 

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार विशेष सूचनाको आधारमा उनीहरुलाई आइतबार पक्राउ गरिएको हो ।

 

 

उनीहरुका साथबाट मेड इन इटाली लेखेको स्वचालित पेस्तोल १ थान र विवरण उल्लेख नभएको एक थान पेस्तोल र त्यसमा प्रयोग हुने म्यागेजिन गरेको प्रहरीले जनाएको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्