तनहुँमा धारिलो हतियार देखाएर नगद चोरी गर्ने २ पक्राउ

तनहुँ | जेठ २, २०८०

तनहुँमा धारिलो हतियार देखाएर नगद चोरी गर्ने २ पक्राउ

तनहुँ:  तनहुँमा सामान र नगद चोरी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् ।

 

तनहुँ प्रहरीका अनुसार पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–१ पाँचधारे घर भई व्यास नगरपालिका–५ बरबोटे बस्ने २४ वर्षीय समिर थापा मगर र म्याग्दे गाउँपालिका–१ दमुङ रुमादी बस्ने २३ वर्षीय दुर्ग बहादुर बिक रहेका छन् ।

 

पक्राउ परेका उनीहरुले वैशाख २९ गते राति म्याग्दे गाउँपालिका–१ रुमादी बस्ने ७५ वर्षीय शिव कुमार श्रेष्ठको घरबाट विभिन्न सामान तथा सोही गाउँपालिका–१ ठुलोढापमा बस्ने ६९ वर्षीय लक्ष्मण तामाङलाई धारिलो हतियार देखाई कुटपिट गरी नगद ४६ हजार ६० रुपैयाँ  चोरी गरेका थिए ।
 

 

उनीहरुविरुद्ध उजुरीपरेपछि पक्राउ परेका थिए । उनीहरुको साथबाट चोरीका सामान र नगद बरामद गरेको प्रहरीले जनाएको छ । 
 

 

उनीहरुमाथि जिल्ला अदालत तनहुँबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।  
 

मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

थप पढ्नुहोस्

पाेखरा ।  पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।   प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मे...

थप पढ्नुहोस्

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै सार्वजनिक गरेको सहिद स्मारक 'ए' डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विभिन्न क्लब र समर्थकहरूले आज एन्फा गेट अगाडि विरोध प्रदर्शन गरेका छन्।   तस्...

थप पढ्नुहोस्