हङकङ बजार व्यवसायीको रोकिएन आन्दोलन, भन्छन् – 'ठेकेदारको प्रवेश भए सडक तताउछौं'
पाेखरा | जेठ ११, २०८०
पोखरा: कृषि सामग्री कम्पनी लिमिटेडले पोखराको हङकङ बजारलाई टेण्डर प्रक्रियामा लैजान खोजेपछि व्यवसायीहरु चरणबद्ध आन्दोलनमा छन् ।
उनीहरुले आफ्नो माग पूरा नभएको भन्दै निरन्तर विरोध जनाउदै आएका छन् । उनीहरुले विभिन्न नाराबाँजीसहित महानगर र वडा कार्यालय घेर्दै विरोध गरिरहेका छन् ।
चरणबद्ध आन्दोलनमा रहेका उनीहरुको आज १ सय १८ दिन पुगेको छ ।
एकदशक अगाडिबाट पोखरा महानगरपालिका ९ स्थित कृषि साम्रगी कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गामा बसेर फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्दै एकिकृत बजारको मोडलमा हङकङ बजार निर्माण गरिएको थियो ।
हाल सोही बजारमा व्यवसाय गर्दै आएकामाथि कम्पनीले अस्वाभाविक भाडा बढाएको भन्दै आन्दोलनमा उत्रेका हुन् ।
कृषि सामाग्री कम्पनीको स्वामित्वमा रहेको जग्गा फुटपाथ व्यवसायीहरु भन्दा अगाडि नै नन्द प्रसाद तिवारीले भाडा लिएको र अहिले तिवारी र कम्पनीले गरेको सम्झौता अवधि सकिएको भन्दै कम्पनीले न्यूनतम १२ लाख १५ हजार भाडा दिन सिलबन्दी बोलपत्र आह्वान गरेपछि व्यवसायीले विरोध गर्नुको विकल्प नरहेको व्यवसायीहरुको भनाई छ ।
पोखरा हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष कृष्णमाया गुरुङले कृषि सामग्री कम्पनीले व्यवसायीको हित विपरित टेण्डर प्रक्रियाबाट बजारमा ठेकेदार भित्राए सडकमा आएर व्यवसाय सञ्चालन गर्ने चेतावनी दिइन् ।
उनले माग पूरा नभएर सडक तताउनेसमेत बताइन् ।
‘कम्पनीले फुटपाथ व्यवसायीहरुको हित विपरित भाडादर बढाएर विचौलियालाई फाइदा पुग्ने गरी टेण्डर आह्वान गरेको छ, गुरुङ आक्रोशित हुदै भनिन्, ‘हामीलाई त्यहाँ व्यवस्थापन गर्दा झाडी नै झाडी थियो, अहिले बजार भइसकेपछि विचौलियाहरुलाई फाइदा पुग्ने गरी टेण्डर आह्वान भएको छ ।’
उनले फुटपाथ व्यवसायीहरुको हित विपरित टेण्डर प्रक्रियाबाट ठेकेदार प्रवेश गरे बजारको क्षतिपूर्ति माग गर्दै सडकमा नै आएर व्यवसाय सञ्चालन गर्ने सुनाइन् ।
यता कृषि सामग्री कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजारमा नघट्ने गरी सिलबन्दी बोलपत्र आह्वान गरेपछि तीन जनाले टेण्डर प्रक्रियामा भाग लिएको कृषि सामग्री कम्पनी लिमिटेड पोखराले जनाएको छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

