पोखरामा लागूऔषधसहित तीन युवा प्रकाउ
पाेखरा | जेठ ११, २०८०
पोखरा: पोखरामा लागूऔषधसहित तीन युवा प्रकाउ परेका छन् ।
वडा प्रहरी कार्यालय रामबजार र लागू औषध ब्यूरोले पोखरा महानगरपालिका १० बुद्धचोकबाट तीन युवाहरुलाई लागूसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।
स्याङजाको भिरकोट नगरपालिका घर भइ पोखरा १० बस्ने ३२ वर्षीय अनिल खत्री, स्याङ्जाको वालिङ नगरपालिकाका घर भई पोखरा ८ सिर्जनाचोक बस्ने सुवास काफ्ले र पोखरा १० अमरसिँहचोक बस्ने ३२ वर्षीय सुदिप गुरुङलाई २९ एम्पुल डाईजापाम, २७ एम्पुल नुर्फिन र २८ एम्पुल फेनेरागन गरी ८३ एम्पुल लागूऔषधसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

लागूऔषधसहित प्रकाउ परेका तीन जनालाई जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घ...

