चितवनमा भरुवा बन्दुकसहित दुई जना पक्राउ
चितवन | जेठ १८, २०८०
तस्बिर फाइल
चितवन: चितवन राष्ट्रिय निकुञ्जको टोलीले चोरी सिकारीमा संलग्न हुने आधारमा हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।
निकुञ्जको अप्रेसन टोलीले पूर्वी चितवनको कालिका नगरपालिका घर भएका दुई जनालाई भरुवा बन्दुक सहित पक्राउ गरेको निकुञ्जका सूचना अधिकारी गाशेणप्रसाद तिवारीले जानकारी दिए । टोलीले अप्रेसनका क्रममा कालिका नगरपालिका वडा नं. ११ बस्ने २९ वर्षीय राज चेपाङ र सोही पालिका वडा नं. ११ सैपाङ बस्ने ३५ वर्षीय सुन्दर प्रजालाई पक्राउ गरिएको हो ।
प्रजाबाट दुई थान भरुवा बन्दुक, हातहतियार बरामद गरिएको छ । उनीहरू माथि वन्यजन्तु सम्बन्धी कसुरका विषयमा अनुसन्धान भइराखेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

