काठमाडौंमा दाजुलाई खुकुरी प्रहार गरी हत्या गर्ने भाई पक्राउ
काठमाडाैं | जेठ ३०, २०८०
काठमाडौं: प्रहरीले काठमाडौंको ओमबहालस्थित माथेमा चोकमा आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा भाइलाई पक्राउ गरेको छ ।
दाइको टाउकोमा खुकुरी प्रहार गरी भागेका २५ वर्षीय सुरज शाक्इलाई आज बिहान पौने १० बजे काठमाडौं महानगरपालिका वडा नम्बर २५ सिघलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।
घरायसी विवादको क्रममा गएराती ४५ वर्षीय दाजु सूर्य शाक्यको टाउकोमा खुकुरी प्रहार गरेका थिए । त्यसपछि उनी घरबाट रातारात भागेका थिए ।
घरका अन्य सदस्यहरु सुतेकाले सूर्यमाथि खुकुरी प्रहार भएको थाहा नपाएको जनसेवा प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिए ।
उनका अनुसार आज बिहान ८: २० बजे मात्र घरका सदस्यहरुले सूर्यलाई घरमै मृत अवस्थामा फेला पारेका थिए ।
पक्राउ परेका सुरजमाथि थप अनुसन्धान भइरहेको छ भने शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

