१६ वर्षीय किशोरी बलात्कार आरोपमा सिलवाल पक्राउ
काठमाडाैं | असार ९, २०८०
काठमाडौं: १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना फक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा नागार्जुन नगरपालिका ७ घर भएका ४५ वर्षीय प्रभुराम सिलवाल रहेका छन् ।
उनलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले हिजो (शुक्रबार) बिहान प्रहरीले पक्राउ गरेको हो ।
सिलवालले गत सोमबार ती किशोरीलाई ललाई फकाई बलात्कार गरेको उजुरीमा उल्लेख छ ।
पक्राउ परेका सिलवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

