पोखरा महानगरको नीतिः ‘क्लिन पोखरा ग्रिन पोखरा’ (पूर्णपाठसहित)

पाेखरा | असार १०, २०८०

पोखरा महानगरको नीतिः ‘क्लिन पोखरा ग्रिन पोखरा’ (पूर्णपाठसहित)

पोखरा:   पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ सम्म दुई लाख विरुवा वृक्षारोपण गर्ने नीति लिएको छ । 


पोखरा महानगरपालिका नगरप्रमुख धनराज आचार्यले १३ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा एक घर दुई विरुवा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै वृक्षारोपण गर्ने अभियानका रुपमा सञ्चालन गर्ने बताएका हुन् । 


आर्थिक वर्ष २०८१/०८२ भित्र दुई लाख वृक्षारोपण गर्ने गरी हरित पोखरा निर्माण लागि ‘क्लिन पोखरा ग्रिन’ पोखरा परियोजना सञ्चालन गरिने नगरप्रमुख आचार्यले बताए । 


यस्तै महानगरपालिकाले पोखरालाई पर्यटनको राजधानी शहर घोषणा गर्न, ‘चलिए पोखरा, ओमेन झाओ वा पोखरा, जाउ है पोखरा’ जस्ता नारा सहित छिमेकी मुलुकका पर्यटन गन्तव्यका प्रमुख पर्यटन बजारमा नेपाली तथा पोखरेली पर्यटन प्रचार, प्रसार र प्रवर्धन गर्ने नीति लिएको छ । 


पोखरा -६स्थित लेकसाइड क्षेत्रमा सवारी व्यवस्थापन र रात्रिकालिन व्यवसाय नियमनका लागि उचित कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्दै, लेकसाइड क्षेत्रलाई २४ औं घण्टा खुल्ला गर्न पहल गर्ने जनाएको छ । 


पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको (पूर्णपाठसहित)

 

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।   पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...

थप पढ्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

थप पढ्नुहोस्

पोखरा:    कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ ।   स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

थप पढ्नुहोस्