पोखरा महानगरको नीतिः ‘क्लिन पोखरा ग्रिन पोखरा’ (पूर्णपाठसहित)
पाेखरा | असार १०, २०८०
पोखरा: पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ सम्म दुई लाख विरुवा वृक्षारोपण गर्ने नीति लिएको छ ।
पोखरा महानगरपालिका नगरप्रमुख धनराज आचार्यले १३ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा एक घर दुई विरुवा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै वृक्षारोपण गर्ने अभियानका रुपमा सञ्चालन गर्ने बताएका हुन् ।
आर्थिक वर्ष २०८१/०८२ भित्र दुई लाख वृक्षारोपण गर्ने गरी हरित पोखरा निर्माण लागि ‘क्लिन पोखरा ग्रिन’ पोखरा परियोजना सञ्चालन गरिने नगरप्रमुख आचार्यले बताए ।
यस्तै महानगरपालिकाले पोखरालाई पर्यटनको राजधानी शहर घोषणा गर्न, ‘चलिए पोखरा, ओमेन झाओ वा पोखरा, जाउ है पोखरा’ जस्ता नारा सहित छिमेकी मुलुकका पर्यटन गन्तव्यका प्रमुख पर्यटन बजारमा नेपाली तथा पोखरेली पर्यटन प्रचार, प्रसार र प्रवर्धन गर्ने नीति लिएको छ ।
पोखरा -६स्थित लेकसाइड क्षेत्रमा सवारी व्यवस्थापन र रात्रिकालिन व्यवसाय नियमनका लागि उचित कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्दै, लेकसाइड क्षेत्रलाई २४ औं घण्टा खुल्ला गर्न पहल गर्ने जनाएको छ ।
पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको (पूर्णपाठसहित)
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

