मादी गाउँपालिकाको बजेट ८८ करोड ८२ लाख (पूर्णपाठसहित)
पाेखरा | असार ११, २०८०
पोखरा: कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ८८ करोड ८२ लाख ४ हजार रुपैयाँको बजेट ल्याएको छ ।
मादी गाउँपालिकाकी उपाध्यक्ष कल्पना गुरुङले १३ औं गाउँ सभामा चालुतर्फ ६१ करोड ८७ लाख रुपैयाँ र पुँजीगतर्फ २६ करोड ९४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।
गाउँपालिकाले पूर्वाधार विकासतर्फ १७ करोड ४१ लाख १५ हजार, आर्थिक विकासतर्फ ६ करोड ३० लाख ५८ हजार, सामाजिक विकासतर्फ ४९ करोड ९९ लाख १५ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ लाख २७ लाख ९५ हजार, सुशासन तथा संस्थागत विकासतर्फ १३ करोड ८३ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
गाउँपालिकाले कृषि, पर्यटन, घरेलु, उद्योग, लघु उद्यम, सडक भवन तथा, अन्य संरचना निर्माणमा गुणस्तरीय भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको छ ।
(पूर्णपाठ)
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...
पोखरा: कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ । स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

