जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी
मोरङ | असार १३, २०८०
मोरङ: मोरङको कानेपोखरी–७ बरगाछीमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना गम्भीर बिरामी परेका छन् । कमजोर आर्थिक अवस्थाका कारण उनीहरूको उपचार हुन सकेको छैन । उनीहरूले मङ्गलबार बेलुका खेतबाट खोजेर ल्याएको जङ्गली च्याउको तरकारीसँग खाएका थिए ।
खाना खाए लगत्तै ७६ वर्षीया देशमाया राई, ४६ वर्षीय मनकुमार राई, ४४ वर्षीया मङ्गला राई ,२४ वर्षीया सुस्मिता राई र १४ वर्षीया आइसिका राई बिरामीलाई नसा लागेको थियो । राति ९ बजेदेखि पाँचै जनाले बान्ता गर्दै बरबराउन थालेपछि राई परिवारका आफन्तलाई खबर गरिएको थियो ।
मङ्गला र सुस्मिताको स्वास्थ्य अवस्था सामान्य भइसकेको छ भने अन्य तीनजना अझैसम्म उठ्न सकेका छैनन् । देशमाया राईले भन्नुभयो, ‘‘खुट्टा टेकिँदैन, उठ्ने आँट आउँदैन ।’’ अर्का बिरामी मनकुमार राईले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभयो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

