मुख्यमन्त्रीकै सामुन्ने ‘फ्रि लेखनाथ’ अभियान, पोखराबाट छुट्टिन हस्ताक्षर सुरु

पाेखरा | असार २०, २०८०

मुख्यमन्त्रीकै सामुन्ने ‘फ्रि लेखनाथ’ अभियान, पोखराबाट छुट्टिन हस्ताक्षर सुरु

पोखरा महानगरपालिकाबाट स्वायत्तता प्राप्त गर्न लेखनाथवासीले आजबाट विरोधस्वरुप हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् । 

 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकै सामुन्ने हस्ताक्षर सुरु गर्दा केही समय प्रहरी र स्थानीयबीच चर्काचर्कीसमेत भएको अभियन्ताले जनाएका छन् । 

 

लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवसमा सहभागी हुन पुगेका मुख्यमन्त्री पाण्डे त्यहाँ पुगेकाबेला गेट बाहिर स्थानीयले आजदेखि हस्ताक्षर अभियान सुरु गरेका हुन् । 

 

लेखनाथ नगरपालिकाको नामबाट चिनिएको लेखनाथ क्षेत्र पोखरामा गाभिएपछि महानगर त बन्यो तर विकास, बजेट र कार्यक्रममा पछि परेपछि अब छुट्टिने अभियानमा रहेको एक सहभागीले जनाए । 

 

यस अभियानको संयोजन स्वतःस्फुर्त भएको उनीहरुले जनाएपनि व्यवसायी र पत्रकारहरुको सक्रियता देख्न पाइन्छ । विशेषतः पोखरा महानगरमा गाभिएपनि स्रोत, जनसंख्या र भूगोलको आधारमा बजेट एवं कार्यक्रम दिन बेवास्ता गरिएको उनीहरुको आरोप छ । 

 

यसअघि पत्रकार एवं स्थानीयवासी कमल सुवेदीले ​हस्ताक्षर अभियानमार्फत लेखनाथ पोखराबाट अलग्गिन चाहनेको संख्या बढ्दै गएको जनाएका थिए । सुवेदीका अनुसार पहिलो दिन करिब ३ हजार स्थानीयले पोखराबाट अलग हुन हस्ताक्षर गरेका छन् । 
 

 

कानूनी व्यवस्था अनुरुप महानगरको कूल जनसंख्यामध्ये दुई तिहाईले छुट्टिन चाहेको खण्डमा स्थानीय संरचना फेरबदल गर्न सकिनेछ ।

 

‘जब हेपिएको महशुस हुन्छ, तब विद्रोह हुन्छ’ अभियानको सामुहिक स्वर छ ।  
 

पोखरा:    पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ ।   नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...

थप पढ्नुहोस्

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्