कास्की प्रशासन प्रवेशमा विचौलियालाई रोक
पाेखरा | असार २४, २०८०
पोखराः जिल्ला प्रशासन कार्यालय कास्कीले नागरिकताको प्रमाणपत्र, राहदानी र राष्ट्रिय परिचय पत्र बनाउन विचौलियाले सेवाग्राहीबाट शुल्क लिएको गुनासो आएको भन्दै विचौलियालाई रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले प्रशासनमा सेवाग्राहीको चाप फाईदा उठाउँदै सेवाग्राहीबाट विभिन्न बाहनामा शुल्क लिएको भन्दै गुनासो आएकाले प्रशासनले सूचना प्रकाशित गरेको जानकारी दिए ।
‘प्रशासनमा केहीदिन यता नागरिकताको प्रमाणपत्र, राहदानी र राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीको चाप बढेको छ’, ढकालले भने, ‘प्रशासनान सेवाग्राहीको चापको फाईदा उठाउँदै विचौलियाले विभिन्न बाहानामा सेवाग्राहीबाट शुल्क लिएको गुनासो आएकाले विचौलियालाई प्रशासनमा रोक्न सूचना प्रकाशित गरेका हौं ।’
प्रशासनले कार्यालयमा सेवा लिन आउँदा सेवाग्राहीलाई गलत ढंगले काममा सहजीकरण गरिदिने भन्दै शुल्क मागमा प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीको सम्पर्क मोबाइल नम्बरमा खवर गर्न आग्रह समेत गरेको छ ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

