काठमाण्डाै: काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले बहाल कर सङ्कलनको विषयमा सिर्जना भएको अन्योल हटाउन सङ्घीय सरकारलाई आग्रह गर्नुभएको छ । संस्थागत बहाल करदाताहरूले तिर्नुपर्ने कर नतिर्दा काठमाण्डौ महानगरको वार्षिक आयमा झन्डै एक अर्ब ४३ करोड ४० लाख रुपैयाँ क्षति भएको छ । घरबहाल कर सङ्कलन गर्ने सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेख्दै मेयर शाहले यस्तो बताउनुभएको हो । बहाल आयमा लाग्ने कर सङ्कलनकाे अधिकार संविधानले पालिकालाई मात्र दिएको भन्दै मेयर शाहले यसबाट सिर्जना भएको अन्योल तत्काल हटाउन सङ्घीय सरकारलाई आग्रह गर्नुभएको हो । पत्रसँगै संवैधानिक तथा कानुनी प्रबन्धहरू संलग्न गरेर पठाइएको पत्रमा मेयर शाहले अबदेखि घर बहाल कर पालिकाबाहेक कसैले सङ्कलन गर्न नपाउने सुनिश्चित गर्न पहल गरिदिन वित्त आयोगलाई आग्रह गर्नुभएको छ ।
कोशी प्रदेश सरकारले बाढी पहिराेबाट ज्यान गुमाएकाकाे परिवारलाई राहतस्वरूप एक लाख रुपैयाँ दिने भएकाे छ । प्रदेश मन्त्रिपरिषद्को हिजाे साेमवार बसेको बैठकले प्रदेशमा आएको बाढी पहिराेमा परेर ज्यान गुमाएकाकाे परिवारलाई एक लाख र घाइतेलाई उपचारका लागि ५० हजार रुपैयाँ राहतस्वरूप दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले याे निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनुभयो । बैठकले कोशी प्रदेश पुनः नामकरण सङ्घर्ष समितिसँग भएको वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
काठमाण्डौ: पूर्वी पहाडी जिल्लामा बाढी पहिरोमा परेर हराइरहेका २७ जना अझै भेटिएका छैनन् । बाढी पहिरोमा परेर सङ्खुवासभामा २१ जना तथा ताप्लेजुङ र पाँचथरमा तीनरतीन जना बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहे पनि अवस्था पत्ता लागेको छैन । लगातार पानी परिरहेकाले खोजीमा कठिनाइ भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गएको शनिवार र आइतवार आएको बाढी पहिरोमा परेर अहिलेसम्म आठ जनाको ज्यान गएको पुष्टि भएको छ । ताप्लेजुङ र पाँचथरमा तीनरतीन जना तथा भोजपुर र सङ्खुवासभामा एकरएक जनाको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ । यस्तै छ जना घाइते भएका छन् । बाढी पहिरोले सडक ध्वस्त भएकाले प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणमा समस्या भइरहेको छ । पहिरोले मध्यपहाडी राजमार्गको पाँचथर–तेह्रथुम सडक खण्ड पनि बन्द भएको छ । आज मङ्गलवार पनि यी जिल्लामा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
पोखरा: जिल्ला अदालत कास्कीले प्रभात बसेललाई १ लाख धरैटीमा रिहा गर्न अन्तरिम आदेश दिएको छ । अदालतको अनुसार प्रभातले १ लाख धरैटी बुझाएसघैँ रिहा हुनेछन् । एसअघि जिल्ला अदालत म्याग्दीले २ लाख ५० हजार धरैटीमा रिहा गर्न आदेश दिएको थियो । प्रभात माथि एक युवतीले अपहरण, जबरजस्ती करणी र शरीर बन्धक सम्बन्धी आरोपमा मुद्दा दर्ता गरेकी थिइन् ।
काठमाडौँ: प्रतिनिधिसभा सदस्य दीपक खड्का र योगेश भट्टराईले बर्खापछिको बाढी पहिरोले पूर्वी पहाडी जिल्लामा ठुलो जनधनको क्षति भएको भन्दै तत्काल राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद दीपक खड्का र योगेश भट्टराईले सभामुखमार्फत राहत र उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘सङ्खुवासभामा बाढी पहिरोमा परि सुपरहेवामा काम गर्ने मजदुरहरू बेपत्ता भएका छन् । तीन जना घाइते र एक मृत भेटिएका छन्’, खड्काले भने, ‘यसबाहेक विभिन्न ठाउँमा मानिस हराइरहेको सूचना छ । खरबौँको क्षति भएको छ ।’ उनले क्षतिग्रस्त जिल्लाहरूमा तत्काल उद्धार र राहत पुर्याउन सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराए । एमाले सांसद योगेश भट्टराईले केही दिन देखिको अविरल बर्षाले पूर्वी पहाडका ताप्लेजुङ, तेह्रथुम सङ्खुवासभा र पाँचथर लगायतका जिल्लामा ठुलो जनधनको क्षति भएको बताए । उनले ताप्लेजुङमा ५ जना बेपत्ता भएको भन्दै कति मानिसहरू घर छोडेर बस्न बाध्य भएको, कतिपय घर र विद्यालय भवन जोखिममा परेको ,दोभान बजारका दुई दर्जन घर जोखिममा परेको तथा मेची राजमार्गको पुवा खोलाको पुल अवरुद्ध भएको भन्दै सरकारलाई तत्काल राहत र उद्धारमा ध्यान पुर्याउन माग गरे । त्यस्तै अर्का सांसद रामकुमार राईले पनि बाढी पहिरोले पूर्वी पहाडी सङ्खुवासभा लगायतका जिल्लामा भएको ठुलो जनधनको क्षति भएको भन्दै अहिलेसम्म १७ जना बेपत्ता, नौ जनाको मृत्यु भएको खबर आएको भन्दै बेपत्ताहरूको खोजविन गर्न सरकारसँग माग गरे । उनले जलविद्युत, सिँचाइ लगायतका भौतिक संरचनामा ठुलो क्षति भएको भन्दै प्रभावित स्थानका जनतालाई राहत र उद्धार गर्न सरकारसँग माग गरे । अर्का सांसद अशोककुमार चौधरीले पूर्वी पहाडी जिल्लामा विपतको अवस्था आएको भन्दै बाढीले हेवा खोलाको पक्कीसहित ५ पुल बगाएको, ताप्लेजुङसँगमा विद्युत् आपूर्ति बन्द भएको, पाँचथरमा बेपत्ता भएकाहरूको खोजी कार्य गर्न सरकारसँग माग गरे ।
काठमाण्डाै: बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको उच्चस्तरीय टोली पूर्वी नेपाल प्रस्थान गरेको छ । प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरमार्फत पूर्वी पहाडी जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्कनुभएको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । उहाँका साथमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ हुनुहुन्छ । प्रभावित क्षेत्रका जनप्रतिनिधि योगेश भट्टराई, वसन्त नेम्वाङ, दीपक खड्का र कोशी प्रदेश सभा सदस्य राजेन्द्र कार्की सहभागी हुनुहुन्छ । साथमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपद् हेर्ने प्राविधिक इन्जिनियर र प्रधानमन्त्री कार्यालयका विपद् हेर्ने अधिकृत पनि साथमा हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डको निर्देशनमा प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धारको काम भइरहेकाे छ । बाढी र पहिरोमा फसेकालाई उद्धार गरिएको छ । आजैमात्र भौतिक पूर्वाधार मन्त्रालयले केन्द्रीय सडक सञ्जालबाट विच्छेद भएको पाँचथर र ताप्लेजुङलाई जोड्न बेलिब्रिजको सामान प्रभावित क्षेत्रमा पठाइसकेको उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय सर्ने भएको छ। आगामी असार ७ गते पार्टी स्थापनाको दिन पारेर कार्यालय सार्न लागिएको महामन्त्री एवम् प्रवक्ता डा। मुकुल ढकालले जानकारी दिएका छन्। हाल रास्वपाको केन्द्रीय कार्यालय बसुन्धारामा छ र बालाजुमा रहेको डा। भरतमणी देवकोटाको घरमा कार्यायल सार्न लागिएको हो। उक्त घरको मासिक ३ लाख ५० हजार भाडा तिर्ने सम्झौता भएको छ। प्रवक्ता ढकालले अहिले भइरहेको कार्यालय सानो भएको भन्दै पार्टीका बैठकसमेत गर्नका लागि पर्याप्त नभएकोले सर्न लागिएको बताएका छन्। उनका अनुसार अब सर्न लागिएको ५ तले भवनमा केन्द्रिय समितिको सबै बैठक गर्न पर्याप्त स्थान हुनेछ। रास्वपाले पार्टी स्थापनाको एक वर्ष पुगेका अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्न लागेको छ।
दाङ: दाङमा बोक्सीको आरोप लगाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका(२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही(३ का ३३ वर्षीय सरस्वती गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए । उनका अनुसार गत जेठ ३१ गते सरस्वतीले आफ्नो छोरा बिरामी भएको जनाउँदै यमबहादुरलाई बोलाएर झाक्री बसाएको र सोही क्रममा देउरानी जेठानी नाता पर्ने गाउँका दुई महिलालाई तिमीहरु बोक्सी लागेर मेरो छोरा खान लाउन भनेको भन्दै उजुरी परेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई बोक्सीको आरोप कसुर र सजाय ऐन २०७२ को दफा ३ को ९च० अन्तर्गत धामी झाक्रीको माध्यमद्वारा बोक्सीको आरोप लगाउन नहुने कसुरमा आइतबार दाङ देउखुरी जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको दाङ प्रहरीका प्रवक्ता गौतमले बताएका छन् ।
सङ्खुवासभा: सङ्खुवासभाको बाढीमा परि बेपत्ता भएकाहरुको परिचय खुलेको छ । शनिवार राति वर्षासँगै आएको बाढीमा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुपर हेवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगरपालिका), सुवास राई (सङ्खुवासभा), फैजबहादुर कार्की (झापा), गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), मीना श्रेष्ठ (झापा), रामजतन थारु (कैलाली), राहुल थारु (बर्दिया), रोहित थारु (बर्दिया), पुलसन थारु (बर्दिया), कालीराम थारु (बर्दिया), राजराम थारु (बर्दिया), सुगत थारु (कैलाली), अमर थारु (कैलाली), सीता थारु (कैलाली) र दीपक मगर (सङ्खुवासभा) रहेका छन् । सभापोखरी गाउँपालिका–३ सुनाम्लामा बाढीले गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई बेपत्ता हुनुभएको छ । यस्तै, चैनपुर नगरपालिका–१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी र अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू बेपत्ता भएका छन् । अहिलेसम्म बाढीमा परि बेपत्ता हुनेको सङ्ख्या २२ जना पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै, गएराति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको ज्यान गएको छ । बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुई जना मजदुर घाइते भएका छन् । घाइते हुनेमा बर्दिया नगरपालिका –७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु रहेका छन् । गम्भीर घाइते दुवैको हेल्पिङ हेन्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ । चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले हेवा खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनामा क्षति पुगेको छ।

